एक बर्षको अबधिमा १२ जनालाई डेंगु रोगको संक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १०:१०

बुटवल, २५ असार । रुपन्देहीमा एक बर्षको अबधिमा १२ जनालाई डेंगु रोगको संक्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार डेंगु रोगको संक्रमण भएकामध्ये ७ जना बुटवल उपमहानगरपालिका र अन्य ५ जना अरु ठाउँका छन् ।

This is an Aedes albopictus female mosquito obtaining a blood meal from a human host.
This is an Aedes albopictus female mosquito obtaining a blood meal from a human host.

जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहका अनुसार गएको साउनमा एकजना , असोज , कत्तिक र मंसिर महिनामा ३, ३ जना र माघमा २ जनामा डेंगु रोगको संक्रमण भएको हो ।
कार्यालयका अनुसार डेंगुको संक्रमणका हिसाबले बुटवल उपमहानगरपालिका जोखिमयुक्त रहेको छ । डेंगु लामखुट्टेको टोकाईबाट हुने र सर्ने रोग हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१