गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १०:०८

jagललितपुर, २५ असार । लागुऔषधअन्तर्गत गाँजा सेवन गर्नेमा अधिकांश विद्यार्थी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरले सञ्चालन गरेको स्विप अपरेसनअन्तर्गत खटिएका प्रहरीले बुधबार जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएका व्यक्तिबाट त्यसको खुलासा भएको परिसरका प्रवक्ता एवम् नायब प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए । बुधबार नियन्त्रणमा लिएका ५२ जनामध्ये धेरैजसो १७ देखि २० वर्षसम्मका रहेका छन् । नियन्त्रणमा लिएकामध्ये अधिकांशलाई अभिभावकको जिम्मा लगाइसकेको उनले बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१