सि जिनपिङ भन्दा मोदीको तलब बढी, लिन्छन् वार्षिक ३० हजार अमेरिकी डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार १५:३२

देश गहन मन्दीमा फसेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै तलबमा १० प्रतिशतको कटौती गरेका छन् । तर उनको भन्दा अन्य मुलुकका राष्ट्रपति वा प्रधानमन्त्री कसको तलब बढी वा घटी छ भन्ने कुरा चाखलाग्दो विषय भएको छ । देशको अर्थतन्त्र विश्वकै ठूलो भएजस्तै तलब बढी खानेमा पनि अमेरिकी राष्ट्रपति बाराक ओबामानै अगाडि देखिएका छन् । उनले वार्षिक ४ लाख डलरको तलब बुझ्ने गरेका छन् । अमेरिकामा राष्ट्रपतिको तलब २००१ मा जर्ज डब्लू बुस राष्ट्रपति भएपछि दोब्बर पारिएको थियो ।

modiविकासशील मुलुक भएपनि धेरै तलब खानेमा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकाब जुमा छन् । उनको तलब २ लाख २३ हजार ५ सय अमेरिकी डलर छ ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन यो मामिलामा पाँचौ स्थानमा छन् । उनले वार्षिक २ लाख १४ हजार ८ सय अमेरिकी डलर तलब बुझ्दै आएका छन् । यसमा संसदको सदस्य भएको नाताले पाउने ६७ हजार पाउन्ड पनि समावेश छ । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएपनि जापानी प्रधानमन्त्री सिन्जो अबेको तलब छैटौ बढी छ । उनको वार्षिक तलब २ लाख २ हजार ७ सय डलर छ ।

युरोपकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक फ्रान्सका राष्ट्रपती फ्रास्वा ओल्यान्डको वार्षिक तलब १ लाख ९४ हजार ३ सय डलर छ । बढी तलब खानेमा उनी सातौ स्थानमा परेका छन् । २०१२ मा कार्यकाल सुरु गर्दाको समयमा ३० प्रतिशतको तलब कटौती नभएको भए उनको तलब यो भन्दा धेरैनै उच्च हुने थियो । यो कटौती पूर्व उनको लतल वार्षिक २ लाख ७४ जहार ५ सय २२ डलर अर्थात् अमेरिकी राष्ट्रपतिपछि दोस्रो स्थानमा हुने थियो ।

रुसको आर्थिक संकट गहिरिएपछि आफ्नै तलबमा १० प्रतिशतको कटौती गरेका राष्ट्रपति भ्लादिमिर पुटिनले वार्षिक १ लाख ३६ हजार डलरको तलब लिदै आएका छन् । उनको यो तलब कटौतीपछिको हो । बढी तलब खाने मामिलामा इटालीका माटिओ रेन्जी नवौं स्थानमा छन् । उनले वार्षिक १ लाख २४ हजार ६ सय अमेरिकी डलर तलब बुझ्दै आएका छन् ।

दसौ स्थानमा ब्राजिलकी राष्ट्रपति डिल्मा रौसेफ छिन् । उनले वार्षिक १ लाख २० हजार डलरको तलब बुझ्दै आएकि छिन् । ब्राजिल उदियमान मुलुकहरुको अनौपचारिक संगठन ब्रिक्सको एक सदस्य राष्ट्र हो । विगतका केही वर्षहरुमा ब्राजिलले तीव्र दरको आर्थिक वृद्धि हासिल गर्दै आएको छ ।

ब्रिक्सकै सदस्य राष्ट्र र प्रमुख अर्थतन्त्रमा चीनपछि दोस्रो तीव्र दरको आर्थिक वृद्धि हासिल गर्दै आएको हाम्रै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक ३० हजार अमेरिकी डलर तलब लिने गरेका छन् । उनको यो तलब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र ठूला अर्थतन्त्र मध्ये सबैभन्दा तीव्र दरको आर्थिक वृद्धि हासिल गरेको चीनकाम राष्ट्रपतिको भन्दा बढी हो ।

चीनका राष्ट्रपति सि जिनपिङको तलब भने वार्षिक २२ हजार डलर मात्रै छ । यो पनि यो वर्षको सुरुमा भएको ६० प्रतिशत वृद्धिपछि हो ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१