काठमाडौं, २४ असार । खडानन्द लुइटेल उपाध्यायले ‘१०१ व्यक्तित्व’ नामक पुस्तक प्रकाशन गरेका छन् । अतिराम्रा, राम्रा र सफल व्यक्तिहरुको बारेमा जानकारी दिने पुस्तक बजारमा ल्याउदैं उनले यो पुस्तकबाट नेपालका परिचित व्यक्तिहरुको बारेमा जान्न चाहनेहरुलाई उपयोगी हुने जानकारी दिए । केहि दिन अगाडी काठमाडौंमा एक कार्यक्रमका विच १०१ व्यक्तित्व पुस्तकको कांग्रेसका सभासद् रामहरी खतिवडाले विमोचन गरेका थिए ।
लेखक खडानन्द लुइटेल उपाध्यायले १० बर्षको अथक प्रसायपछि यो पुस्तक प्रकाशन गरेको जानकारी दिए । १५०१ प्रति अहिले प्रकाशन गरेको बताउदैं लेखक खडानन्द लुइटेल उपाध्यायले भने -‘म विश्वस्त छु यो पुस्तकको माग बढ्दैं जानेछ भन्नेमा, किनकी मैले पुस्तकमा राखेका १०१ व्यक्तिहरुको बारेमा जान्न सबै इच्छुक छन् ।’ भर्खरै बजारमा आएको यो पुस्तकमा डा. भगवान कोइराला देखी मिठ्ठाराम अधिकारीसम्मको बारेमा जानकारी दिइएको छ ।
“नेपाली युवाको प्रेरणाका स्रोत हुन सक्ने तथा मेरो मानसपटमा बस्न सफल भएका सबै क्षेत्रका व्यक्तित्वलाई पुस्तकमा समेट्ने प्रयास गरेको छु”, लेखक उपाध्यायले बताए । विसं २०१३ मा कालिका–९, ओखलढुङ्गा जन्मेका लेखक उपाध्यायले यसअघि ‘लुईंटेलको वंशावली’ नामक पुस्तक लेखेका थिए ।
प्रतिक्रिया