साउन मसान्तभित्र १२ कक्षाको नतिजा प्रकाशित गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार ११:३७

12काठमाडौं, २४ असार । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित सात जिल्लामा १२ कक्षाको परीक्षा भइरहेको छ । मंगलबार शैक्षिक कार्यतालिका सार्वजनिक गरी साउन मसान्तभित्र १२ कक्षाको नतिजा प्रकाशित गर्ने जनाएको छ । गत वर्ष बैशाखमै परीक्षा सकाउदा त असोज अन्तिममा नतिजा प्रकाशित गरेको थियो । विज्ञान संकायको नतिजा चाडै प्रकाशित गरेपनि अरु संकायको पनि साउन भित्रै प्रकाशित गर्ने बताइएको छ । यस वर्ष भूकम्पले गर्दा परीक्षा ढिलो सुरु भएको थियो । अझ भूकम्प प्रभावित सात जिल्लामा असार १४ देखि कक्षा १२ को परीक्षा सुरु भएको हो । गत वर्ष विज्ञान बिषयको नतिजा असोजमा पनि सार्वजनिक नभएपछि अभिभावक संघले परिषद्का पदाधिकारीलाई घास उपहार दिएका थिए । यस वर्ष कक्षा ११ को कक्षा सुरु साउन १५ देखि सुरु गर्ने भएको छ । त्यस्तै १२ कक्षाको साउन २ देखि गर्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१