भक्तपुर, २४ असार । नेकपा एमालेकी केन्द्रिय सदस्य एवं नेतृ रामकुमारी झाँक्रीले संस्कृति तथा पर्यटन मन्त्री कृपासुर शेर्पाको राजिनामा दिनुपर्ने बताएकी छिन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले शेर्पा मन्त्रीको लागि योग्य नभएको आरोप लगाउँदै राजिनामा गर्नुपर्ने बताइन । पार्टीमा आर्शिवादका भरमा मन्त्री बन्ने बनाउने खेल भएकै कारण एमालेका मन्त्रीले पार्टीकै बदनाम गराएको चर्चा गर्दै उहाँले कृषि मन्त्री हरिप्रसाद पराजुली यसको नमूना भएको टिप्पणी गरिन । एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन पछि नै अरुको बेवास्ता गर्दै पार्टीमा मनोमानी लादेका कारण एमाले संकटमा परेको उनको आरोप छ ।
प्रतिक्रिया