विपन्न परिवारलाई आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार १०:१५

एस.पी.गौरब
सर्लाही, २४ असार । सर्लाहीको लालबन्दीमा रहेको नागरिक सचेतना केन्द्र्रको आयोजनामा आज एक कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालीका वडा नं. ४ मा रहेको राधा कृष्ण सामुदायीक वनको सभाहलमा भएको कार्यक्रमको नागरिक सचेतना केन्द्र्रले आयोजना गरेको थियो । कार्यक्रममा लालबन्दी नगरपालीका वडा नं. ४ मा रहेका आर्थीक रुपमा अति विपन्न १० परिवारलाई प्रति परिवार रु १०००० का दरले करिब १ लाख आर्थीक सहयोग गरेको छ । स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमका संयोजक पुनम ढुँगेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

नागरिक सचेतना केन्द्र लालबन्दीका अध्यक्ष विमला सुस्लिङ्गले सभापतित्व गर्नु भएको कार्यक्रममा लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारीले सो रकम वितरण गर्नु भएको सामाजीक परिचालीका पुजा साहले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रममा लालबन्दी नगरपालीका भित्रका विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनीधीहरुको साथै राधा कृष्ण सामुदायीक वनका उपभोत्ताहरुको गरि करिब ५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१