ओमप्रकाश भट्टराई
विर्तामोड, २४ असार । झापाको विर्तामोडमा मेनपावर संचालकहरुले शुन्य लागतमा विदेश पठाउने सरकारी योजनाको घोर भर्तसना गर्दै आजबाट देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सेन्टर प्वाईन्ट पार्टी प्यालेसमा मेनपावर व्यवसायीको एक भेलामा बोल्ने अधिकाशं वक्ताहरुले श्रम राज्य मन्त्रिले आफ्नो अभिष्ठ पुरा गर्न यो योजना ल्याएको भन्दै तिब्र असन्तुष्टि जनाएका हुन । कार्यक्रममा वैदेशीक रोजगार ब्यवसायी संघ झापाका अध्यक्ष भानु शिवाकोटीले नेपाली युवाहरुलाई वैदेशीक रोजगारबाट वन्चित गरेर श्रम मन्त्रिले आफ्नो फाईदाको लागी यो निती लाएको हुनाले आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाले शुन्य लागत योजना राम्रो भएता पनी यसले नेपाली युवालाई नभई वंगला देशका युवालाई फाईदा पुग्ने बताउनु भयो ।
त्यस्तै संघका उपाध्यक्ष धनबहादुर पन्धाकले राज्यको यो निर्णय विरुद्ध मेनपावर ब्यवसायी एक भई आन्दोलनमा उत्रीनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रमको संचालन सगुन आभरसिजका ओमप्रकाश भट्टराईले गर्नू भएको थियो । यसैविच उक्त भेलाले भोली देखी आन्दोलन गर्न एक सर्घष समिती गठन गरेको छ । शिवाकोटी मेनपावरका संचालक भुपाल शिवाकोटीको संयोजकत्वमा गठित समितीको सह संयोजकमा स्काई वे मेनपावरका राजन शिवाकोटी, सचिवमा सगुन ओभरसिजका संचालक ओमप्रकाश भट्टराई, कोषाध्यक्षमा विराट मेनपावरका अन्जु लामिक्षाने रहनु भएको छ । सदस्यहरुमा नविन रिमाल, राजेन्द्र अधिकारी, प्रेम निरौला, शिव गुरुंग, चन्द्र कुमार पौडेल लगायत रहनु भएको छ । समितीले पहिलो चरणको आन्दोलन स्वरुप भोली विहान १० बजे बिभिन्न प्लेकार्ड सहितको र्याली सहित जिल्ला प्रशासन कार्यालय चन्द्रगढिमा गई ज्ञापन पत्र बुझाईने, दिउसो पत्रकार सम्मेलन गरि विर्तँमोडको मुक्ति चोकमा बेलुका श्रम राज्य मन्त्रीको पुत्ला जलाउने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिक्रिया