श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का : विवाह बन्धनमा बाधिएको एक बर्ष पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १३:४३

नेपाली चलचित्रका सदाबहार नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का एक भएको आज १ बर्ष पुरा भएको छ । तर भगवानको लिला पनि कस्तो अहिले स्वेता मात्र छिन् । विवाह गरेको १ महिनामा नै संसार छोडेर भगवानका प्यारा भएका श्रीकृष्णलाई अहिले सम्झनु भन्दा अरु विकल्प छैंन ।

१ महिनाकी नवविवाहित दुलही स्वेतालाई आजकै दिन नायक श्रीकृष्ण श्रेष्ठले आफ्नो घर भित्राएका थिए । लामो समयसम्म प्रेममा रहेपछि विवाह गरेका उनीहरुले जिन्दगीमा निकै मिठा-मिठा यादहरु साचेका थिए । विवाह गरेको दुई दिनपछि हनिमुन मनाउन भारतको सिम्ला प्रस्तान गरेको बखत नायक श्रीकृष्ण श्रेष्ठले २ बर्षसम्म सन्तान नजन्माउने भन्दैं आफ्ना फ्यानहरुलाई हात हल्लाएको आजै जस्तो लाग्छ ।

तर उनको त्यो रहर पुरा हुन सकेन । बिहे भएकै दिन श्रीकृष्ण र श्वेताले फिल्म क्षेत्रका व्यक्तिलाई समेत निम्त्याएर भव्य पार्टी दिएका थिए । उनको २४ गते श्रीकृष्ण श्रेष्ठ भारतको गंगाराम अस्पतालमा स्वर्गिय हुँदा सारा नेपालीमा शोक छायो । बोन क्यान्सरका कारण श्रीकृष्णको मृत्युको थियो । फिल्म ‘कहाँ भेटिएला’ मा श्रीकृष्णको जोडी भएर श्वेताले अभिनय गरेकी थिइन् । सोही फिल्ममा काम गर्दा श्वेता र श्रीकृष्ण एक अर्कामा नजिकिएका थिए । लामो समयको प्रेम पछि श्रीकृष्ण र श्वेताले पारिवारिक सहमतीमा गएको एक वर्ष अगाडी विवाह गरेका थिए ।

फिल्म ‘कहाँ भेटिएला’ बाटै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी श्वेताले फिल्महरु ‘श्रीमान् श्रीमती’ र ‘कोहिनूर’ मा श्रीकृष्णको जोडी भएर अभिनय गरेकी छन् । श्रीकृष्णले निर्माण गरेको दोश्रो फिल्म ‘कोहिनूर’ हो । जुन फिल्म उनको निधन हुँदा हलमा प्रदर्शन भैरहेको थियो । श्रीकृष्णको शवलाई सरकारी सम्मान सहित पशुपति आर्याघाटमा अत्यष्टि गरिएको थियो ।
shree krishnaयसरी झांगिएको थियो श्रीकृष्ण र स्वेताको सम्बन्ध
वाहको डेढ महिना अघिमात्रै नायक श्रीकृष्ण श्रेष्ठ पनौती–१२, खोपासीस्थित श्वेता खड्काको घरमा आएका थिए । विवाहपछि ससुराली आउने सपना दिल्लीमा केमो थेरापीको पहिलो डोजसँगै अन्त्य भएको छ भने उनको निधनको समाचार टिभीमा हेर्ने झगडामा ससुराली गाउँकी एक किशोरीको ज्यान गएको छ । श्वेताको घरमा तला थपिरहेको समय पनि श्रीकृष्णले अभिभावकको भूमिका निभाएका थिए । ‘उहाँ मेरो मात्र नभई घरकै अभिभावक बन्नु भएको छ,’ श्वेताले अघिल्लो दसैंमा भनेको सम्झिए छिमेकी शिव महतले ।
जतिबेला रञ्जना (श्वेता) श्रीराम माबि खोपासीबाट एसएलसी सकेर इन्द्रेश्वरमा भर्ना भइन्, त्यतिबेला फिल्म, नृत्य, भलिवल र फुटबलमा रुची थियो । २०६१ सालमा पनौतीको इन्द्रेश्वर उच्च माविमा कक्षा ११ को शिक्षा संकायमा भर्ना भएकी उनी प्लसटु सकाएर काठमाण्डु गइन् । आफन्तकोमा बसेर नृत्यको कक्षा लिन थालिन् । त्यतिबेला श्रीकृष्ण श्रेष्ठले निर्माण गर्न लागेको ‘कहाँ भेटिएला’ फिल्मका लागि नायिका खोजी भइरहेको थियो । श्रीकृष्णले साथीभाइको सहयोगमा रञ्जनाको नृत्य हेर्न प्रशिक्षण केन्द्र पुगे । श्रीकृष्णले नृत्य मन पराए र नेपाली फिल्मप्रतिको बुझाई ,हेराइ र आइपर्दा फिल्म खेल्ने सोचका बारेमा प्रत्यक्ष कुरा गरे ।
त्यतिबेला रञ्जना श्वेता भइसकेकी थिइन् । श्रीकृष्णजस्तो कलाकारले आफ्नो नृत्य मन पराएर एकैपटक ठूलो फिल्ममा प्रस्ताव गर्दा आनाकानी गर्ने कुरै भएन । त्यतिबेलैदेखि श्रीकृष्ण श्वेताको अभिभावक बने ।

उनी भाडामा बस्थिन् । बाबु जमदार ओतबहादुर खड्का र आमा गोमा खड्काको पहिलो सन्तान हुन् श्वेता । दुई भार्इ र एक बहिनीको श्रीकृष्णले श्वेतालेभन्दा बढी रेखदेख गरे । उनीहरुकै सहयोगमा बहिनी आरजी इजरायल गइन् । इजरायलमा केही वर्ष बसेपछि पुनः नेपाल आएर गत वर्ष मात्रै फर्किएकी थिइन् । दुई भार्इ शैलेष र शिव अध्ययन सँगसँगै काठमाण्डुमा काम गर्न थाले । श्वेताले फिल्म खेल्दै श्रीकृष्णसँग व्यापार सुरु गरेपछि बालाजुमा सात महिना मात्रै भयो परिवारका लागि घर खरिद गरेको ।

श्वेताको फिल्ममा अनुवन्धित भएपछि सुटिङका क्रममा पुर्‍याउन र लिन आउने गरेका श्रीकृष्ण त्यतिबेलादेखि नै खोपासी घरमै बस्न थालेका थिए । जब फिल्म हिट भयो, त्यसपछि खोपासी आउने क्रम बाक्लिएको थियो । ‘एकपटक भेटेको मान्छेलाई कहिल्यै नबिर्सने क्षमता भएका सरल र शिष्ट श्रीकृष्ण कसैले नमस्कार गरे गाडी रोकेरै दुई हात जोड्थे’ शिब सम्झन्छन् ।

जतिपटक खोपासी आइपुग्थे, त्यति नै पटक छिमेकीसँग भेटघाट गर्थे । ‘हरेक दसैंमा श्रीकृष्ण श्वेतालाई पुर्‍याउन खोपासी आउँथे र सिन्धुपाल्चोक घरमा लगेर फर्कंदा श्वेतालाई साथै लिएर फर्कन्थे । ‘विवाहपछि खोपासी आउने सपना अधुरै रह्यो’ शिवले भने । ओतबहादुरका चारबवटी श्रीमतीमध्ये कान्छी हुन् गोमा । उनकै कोखबाट जन्मेकी पहिलो सन्तान श्वेताको खुसीका लागि परिवारले उनको निर्णयलाई कहिल्यै छेकेन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१