वेबसाईटहरू अपाङ्गमैत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १०:४८

काठमाडौं, २३ असार । वेबसाईटहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त बनाउने एकदिने प्रशिक्षण कार्यशालाको आयोजना भएको छ। विशेषगरी वेब डिजाईनर र डेभलपरहरूको लागि आयोजना गरिएको सो प्राविधिक कार्यशाला “सँगै हामी” नामक सस्थाले अमेरिकी राजदूतावासको आर्थिक तथा एन् लोकेटको प्राविधिक सहयोगमा आयोजना गरेको हो। कार्यशालामा निजी वेभसाईट डिजाईन कम्पनी, बिभीन्न सेवा प्रदायक सँस्थाहरू, मिडियाकर्मी, फ्रिलेन्सर वेभसाईट डिजाईनिर तथा नेपाल सरकारका अधिकारीहरू गरेर ३५ जनाको सहभागीता थियो।

webअमेरिकामा अपाङ्गता भएका नागरिकहरूको अधिकार सम्बन्धी ऐन अमेरिकन विथ डिसेबिलिटिस् एक्ट १९९० लागू भएको पच्चीसौँ वर्षगाँठको उपलक्ष्यमा यो कार्यशालाको आयोजना गरिएको हो। अपाङ्गता भएका व्यक्तिहरूका अधिकार पनि आधारभूत नागरीक अधिकार हुन् भनेर कायम गराउने सो ऐनमा सार्वजनिक वेबसाईटहरू अपाङ्गमैत्री हुनैपर्ने प्रावधान पनि राखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१