डेनियल क्रेग नै देखिनेछन् ‘जेम्स बोन्ड’मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १०:४०

jamsजेम्स वोन्डको २४ श्रृखंला ‘स्पेक्ट्रे’को सेटमा चलचित्रका मुख्य कलाकार डेनियल क्रेग दोस्रो पटक घाइते भएपछि उनले जेम्स बोन्ड चलचित्रको आगामि श्रृखंला छाड्ने खबर बाहिरिएको थियो । तर हाल आएर सो खबर निराधार रहेको प्रमाणित भएको छ । पूर्व सम्झौता अनुसार ड्यानियलले आफ्नो जोम्स बोन्डको सम्झौता नतोड्ने बताएपछि उक्त हल्ला निराधार साबित भएको हो। उनले छाड्ने हल्ला चलेपछि हेनरी क्याभिल र एड्रिस एल्बा मध्ये एक जना नयाँ जेम्स बोन्ड बन्ने खबरहरु बाहिरिएका थिए। चलचित्र ‘स्पेक्ट्रे’को एक सडक दृश्य छाँयांकन गर्ने क्रममा उनी घाइते भएका थिए। उनले चलचित्रको दृश्यका लागि चलाइरहँको गाडी सडकमा ठोकिएपछि उनी दुर्घटनामा परेका हुन। उनको शिर गाडीको भित्री भागमा ठोकिएको थियो। यसबाट उनलाई गम्भिर चोट भने लाग्न पाएन। उक्त चलचित्र यसै वर्ष नोभेम्बरमा रिलिज हुने सम्भावना रहेको छ। जेम्स बोन्डमा जोन लोगानको स्क्रिप्ट रहनेछ। सन् २०१२ मा बोन्डको अघिल्लो संस्करणले १.१ विलियन डलर कमाउँदै सबैभन्दा बढी कारोवार गर्ने सिनेमा बनेको थियो। बोन्ड सबैभन्दा धेरै श्रृङ्खला भएको सिनेमा हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१