धादिङ, २३ असार । धादिङ जिल्लाको पर्यटन गुरुयोजना निर्माण गर्नको लागि मंगलबार सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । धादिङ जिल्लाको समग्र जिल्लाको विकासको लागि पर्यटन महत्वपूर्ण आधार हुने अन्तरक्रियामा सहभागीहरुले जोड दिए । सभासद दिलमान पाख्रिनले जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धन, संरक्षण र प्रचारप्रसार गर्दै धादिङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए । जिल्ला विकास समिति धादिङको सहयोगमा धादिङ उद्योग वाणिज्य संघले गरेको अन्तरक्रियामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष रमेश धमलाले धादिङको पर्यटकिय क्षेत्रको विकासका लागि राजनैतिक दलहरु नै एकताबद्ध हुनुपर्नेमा जोड दिए । छलफल कार्यक्रममा सहभागी अधिकांस वक्ताहरुले बृहत छलफल गरेर मात्रै गुरुयोजना निर्माण गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया