यो हो दुनियाकै पहिलो र एकमात्र खरभुजा संग्रहालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार ०९:५६

kharbhujha  (1)
ऐतिहासिक चिजवस्तुको संग्रह गर्नका लागि विभिन्न संग्राहलयहरु स्थापना गरेको त देखिएकै हो । तर अचेल ऐतिहासिक वस्तु राख्न मात्र होइन अनेक प्रकारका विचित्र चिजहरुका समेत संग्राहलय बनाइने गरिएका छन् । जापानको चाउचाउ संग्राहलय देखि लिएर थाइल्याण्डको कण्डम संग्रहालय यसका उदाहरण हुन् । चाउचाउ र कण्डम संग्रहालयलाई एक कदम पछि पार्दै चीनले खरभुजा संग्रहालय निर्माण गरेको छ ।
चीनको बेइजिङमा जुसको छुट्टै संसार देखाउने गरी खरभुजा संग्रहालय खुलेको छ । यो विश्वकै पहिलो खरभुजा संग्रहालय हो र संग्रहालय भवन पनि खरभुजाकै आकारको रहेको छ ।
४३ हजार स्क्वाएर फिट क्ष्ँेत्रफलमा फैलिएको यो म्युजियममा खरभुजा हेर्न मात्र होइन यसको पूरै इतिहास पढ्न पनि पाइन्छ । अपि|mकामा उत्पत्ति भएको यो फल विश्वव्यापी हुँदै कसरी चीनले अन्तरीक्ष सम्म पूरायो भन्ने कुराको अध्ययन गर्न पाइन्छ यहाँ ।
kharbhujha  (2)
म्युजियममा चारैतर्फ विभिन्न खाले खरभुजा प्रदर्शनीमा राखिएको छ र खरभुजाबाट बनेका विभिन्न कलाकृति समेत राखिएको छ । तर अचम्मको कुरा के भने यहाँ राखिएका खरभुजाहरु साँच्चीकै खानै मिल्ने खरभुजा भने होइनन् । यी दुरुस्त बनाइएका मैनका खरभुजा हुन् र विश्वका विभिन्न भागमा पाइने सबै प्रकारका खरभुजाका जातहरु मैनबाटै बनाएर साँच्चीकै खरभुजा जस्तै देखाइएको छ ।
तर चिन्ता मान्नु पर्दैन खरभुजा संग्रहालय घुम्न गएपछि पेटभर खरभुजा खान पाइन्छ नै । संग्रहालयको भवन भित्र मैनका खरभुजा भएपनि बाहिर भने साँच्चीकै खरभुजा प्रदर्शनी छ । जहाँ त्यहीँ फलाइएका खरभुजा अघाउन्जी खान पाइन्छ । हेरौँ खरभुजा संग्रहालयका दृश्यहरु
kharbhujha  (3) kharbhujha  (4) kharbhujha  (5)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१