तीन फूल एक माली, विचित्रको जिन्दगानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार ०९:४८
लिभिङ्ग रिलेशनशिप अहिलेका युवाहरुमा आम बनिसकेको छ। तर, यसप्रकारको रिलेशनसीप नेपालजस्तो मुलुकमा कमै छ । तर, विदेशमा यो अहिले आम बनेको छ । यस्तो सम्बन्ध केही समय त रफ्तारमा चल्ने गर्दछ, तर त्यही रफ्तारमा टुट्ने पनि गर्दछ ।
त्यसैले पूर्वजहरुले भनेका थिए–‘जब घरमा गरिबी आउँछ तब प्रेम झ्यालबाट बाहिर जान्छ’ । यो भनाइ प्रेममा रहेका युवायुवतीमा मात्र होइन, वैवाहिक हरेक जोडीमा लागु हुन्छ । तर, प्रेम झ्यालबाट बाहिरिए पनि वैवाहिक दम्पत्तिको सम्बन्ध रिलेशनशीपमा जास्तो टुटिहाल्दैन ।
यहाँ हामी यस्तै एक जना व्यक्तिको कथा उल्लेख गर्दैछौ । जो एक होइन दुई जना गर्लफ्रेण्डका साथ बस्छन् । त्यति मात्र होइन लिभिङ्ग रिलेशनशीपमा रहँदारहँदै दुई बच्चा पनि जन्मिसकेका छन् ।

यस्तो रिलेशनशीपमा रहने दुई महिला र एक पुरुष हुन जसको नाम ३४ वर्षीय मीड एडम लियोन्स,  २६ वर्षीया ब्रुक शेड र २५ वर्षीया जेन शलाखोभा हुन् । एडम र ब्रुकले यी वर्ष सन्तान जन्माएका छन् । जसको नाम दाँते राखिएको छ।
यो जोडी अमेरिकाको लस एन्जल्स निवासी हो । त्यति मात्र होइन, उनीहरु तीनै जना सबै काम एकसाथ गर्न रुचाउँछन्, जस्तो कि बेड शेयर गर्नु एकसाथ एकअर्कालाई डेट गर्नु, रोमान्टिक नाइट शेयर गर्नु आदि । यो रिलेशनशीप कम र एउटा परिवार जसरी बसिरहेको छ।
एउटै छतमुनी दुई आमा र एक पिता बस्छन् । जुन झट्ट सुन्दा अनौठो लाग्न सक्छ। तैपनि यो सतप्रतिशत सत्य हो । ब्रुकसँग ५ वर्षका छोरा छन् । अहिले फेरि एउटा शिशुको जन्म भएको छ । जसको नाम ओलिभर राखिएको छ।
एडम लियोन्सका अनुसार जब उनी दसौं कक्षामा पढ्थे तब उनलाई कुनै युवती मन पर्दैनथ्यो । जसका कारण उनी घरबाट बाहिर नै निस्कदैनथे । २५ वर्षको उमेरमा उनले युवतीलाई आकर्षित गर्न सिके । अब यो जोडीले तेस्रो सदस्यलाई घर भित्राउने निर्णय गरेको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१