प्रेस बिज्ञप्ति – संगीता अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार ०८:२९

picआदरणीय जापानवासी दाजुभाइ तथा दिदिबहिनीहरु नमस्कार

विस्व सामाजिक र राजनीतिक परिप्रेक्षमा महिलाहरुको नेतृत्व उदाहरणीय रहेको कुरा

सर्वविदितै छ । आफ्ननो प्रतिस्पर्धात्मक क्षमताको आधारमा होस् या आफ्नो राजनीतिक

अधिकारको उपयोगको आधारमा होस् महिलाहरुले आफ्नो पद र नेतृत्व लाई न्याय दिने

काम गरेका छन । विदेशी भुमिमा रहेर पनि आफ्नो देश अनी मातृभूमी प्रतिको त्याग,

माया र देश प्रतिको जिम्मेवारी वहन् गर्न स्थापना भएका विभिन्न गैर आवाशिय संघ

संस्थामा पनि महिला नेतृत्व भूमिका उदाहरणीय हुँदा हुँदै पनि कतिपय स्थानमा महिला

सहभागिता विगत देखी खड्किरहेको अवस्थामा महिला नेतृत्व र सहभागिता सुनिश्चित

गराउनु पर्ने कुरा अवस्यम्भावी बन्दै गएको छ । यस परिप्रेक्ष्यमा महिला नेतृत्वलाई

उनीहरुको अधिकारको रुपमा र सहभागिताको जरुरतालाइ मध्यनजर गर्दै एन. आर.

एन.जापानको चुनावको लागि उपाध्यक्ष पदमा घोषणा गरेको उम्मेद्वारी लाई आफ्नो

जिम्मेवारी मानी न्याय दिने प्रतिवद्दता समेत व्यक्त गर्दछु | मेरो कार्यकालमा गर्नु पर्ने मुख्य

विषयवस्तु र मुद्दाहरु बिशेस रुपमा महिला र महिलाका समस्याहरुमा समर्पित हुनेछन्

| उक्त मुद्दाहरुमा मेरो निम्न अनुसार को प्रतिबद्दता अभिव्यक्त गर्दछु :-

– प्रत्येक दिन विदेशिने नेपालीहरुको संख्या मध्ये १३ प्रतिशत महिला रहेको तथ्यांकले

देखाउछ | यसरी विदेशिने नेपालीका समस्याका माझ महिलाका समस्या अझ बढी रहेका

छन् / नेपालीहरुका हकहितको क्षेत्रमा रहेका सामाजिक संस्थाहरुमा अहिले पनि महिला

प्रतिनिधित्व न्युन रहेकोमा मेरो उम्मेद्द्वारी ति महिलाहरुको पक्षबाट रहने छ।

– गतबर्ष मात्र विदेशी भुमीबाट ४१५ जना महिला कामदार मूलुक फर्केकोमा ८६ जना

महिला यौन जन्य हिंसाबाट गर्भवति भएको र ४१ जनाले आत्महत्या गरेको तथ्य

सर्वजनिक भएको छ ।यस सन्दर्भमा बिदेशी भूमिमा हुने यस्ता खालका सामाजिक ,आर्थिक

र मनोबैज्ञानीक समस्या समाधानमा मेरो अभियान बलियो रूपमा उपस्थित हुनेछ ।

– जापानको सन्दर्भमा पनि नेपाली महिलाहरु यौन जन्य हिसा,आत्महत्या र हराउने जस्ता

समस्याहरु जापानको नेपाली समुदायमा विकराल रूपमा देखा परीरहेको तितो यथार्थ

सर्वबिदितै छ । यि र यस्ता समस्याहरुको समाधानको लागि युद्धस्तरमा लाग्ने मेरो प्रण

रहनेछ ।

– यसका साथै जापानको भूमिमा महिला सम्बन्धी हरेक समस्या समाधानको लागि

समन्वयकारी भूमिका निर्बाह गर्नेछु।

म आफु पनि ११ वर्ष अघि अध्ययन र अवसरको खोजिमा विदेशिएकी महिला र २

बच्चा कि आमा समेत भएकीले बिदेशी भुमिमा रहेका महिलाको हकहितलाइ मात्र मेरो

एजेन्डाको रुपमा लिएर जापानबासी दाजुभाई दिदिबहिनि माझ आएकी छु | यहाँहरुको

अमुल्य मतको निम्ति हार्दिक अनुरोध गर्दछु |

संगीता अधिकारी

उपाध्यक्ष उम्मेदबार (२०१५ -२०१७)

गैर आवासीय नेपाली संघ (एनआरएन) जापान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१