एसएलसीमा पास दलित विद्यार्थीलाई अभिनन्दन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १६:४२

slc3काठमाडौं, २२ असार । एसएलसी परीक्षामा उर्तिण दलित समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच अभिनन्दन गरिएको छ । नेपाल दलित मुक्ति मोर्चाले आयोजनामा उनीहरुलाई अभिनन्दन गरिएको हो । मंगलबार संवाद डबलीमा मोर्चोको नेवा राज्य समन्वय समितिद्वारा आयोजित कार्यक्रममा नेकपा–माओवादीका स्थायी समिति सदस्य कुलप्रसाद केसी ‘सोनाम’ सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरेका हुन । सोनामले अभिनन्दित विद्यार्थीलाइँ बधाइ दिदै उच्च शिक्षा हासिलसँगै दलित समुदायको अधिकारको लागि आवाज उठाउनु पर्ने बताए । “कडा संघर्ष गरेर एसएलसी पास हुनु भएकोमा बधाइँ छ । उच्च शिक्षासँगै पछाडि पारिएको दलित समुदायको हक अधिकारीको लागिपनि संघर्ष गर्नुहोला” सोनामले भने । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष पर्शुराम रम्तेलले शिक्षासँगै मानव विकासको अध्ययन गर्न सुझाब दिए । वि.सं.२०७१ को प्रवेशिका परिक्षामा पास भएका ३१ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१