विश्वकै सबैभन्दा धेरै उमेरका पुरुषको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १५:०४

विश्वकै सबैभन्दा धेरै उमेरका जापानी नागरिक साकारी मोमोइको ११२ बर्षको उमेरमा निधन भएको छ । साकारीको जन्म १९०३ फेब्रुअरी ५ मा जन्म भएको थियो । मिर्गौलाले काम नगरेपछि अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुकाअनुसार साकारी गएका कयौं वर्षदेखि साइतामामा नै बस्दै आएका थिए। सञ्चारमाध्यमहरुले उनको जन्म राइट दाजुभाईले हवाईजहाजको आविष्कार गरेर सफलताका साथ उडाएको अर्को महिना भएको भनी समाचार प्रकाशन एवम् प्रशारण गरेका राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ।

geसाइतामाका एकजना अधिकारीले भने, हामीले उनको परिवारिक स्रोतबाट थाहा पायौँ कि उनको निधन गत आइतबार भएको छ। स्वास्थ्य अधिकारीहरुले गएको कम्तीमा पनि दुई हप्ताअघिदेखि उनी विरामी परेका थिए र पछिल्लो हप्ता उनको स्वास्थ्यमा ह्रास आएको बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार उनी पेशाले अध्यापक थिए । विश्वकै सबैभन्दा धेरै उमेरसम्म बाँच्ने पुरुषको रुपमा उनको नाम सन् २०१४ मा गिनिज बुकमा लेखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१