हेर्नुहोस्, इतिहासकै महँगो सम्बन्धविच्छेद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १३:३६

६ वर्ष लामो सम्बन्धविच्छेदको मुद्दा मिलाउन रूसी अर्बपति दिमित्री रिबोलोभ्लेभाकी पूर्वश्रीमतीलाई ४ अर्ब स्वीस फ्य्रांक अर्थात् साढे ४ अर्ब अमेरिकी डलर तिर्न स्वीजरल्यान्डको अदालतले आदेश दिएको छ । जेनेभा अदालतको यो निर्णयसँगै फ्रेन्च फुटबल टिम एएस मोनाकोका मालिक रिबोलोभ्लेभाले आफ्नो सम्पत्तिको झन्डै आधा गुमाउने भएका छन् । उनकी श्रीमती एलेना रिबोलोभ्लेभा विगत २००८ देखि सम्बन्धविच्छेदको मुद्दा लड्दै आएकी छिन् । अर्बपति रिबोलोभ्लेभा रासायनिक मलको राजा ‘फर्टिलाइजर किङ’ का रूपमा पनि चिनिने गरेका छन् । उनले कृषि मलका लागि प्रयोग हुने पोटासको खानीबाट सम्पत्ति कमाएका हुन् ।
maउनकी पूर्वपत्नीका कानुन व्यवसायीले मुद्दा मिलानको यो खर्च इतिहासकै महँगो सम्बन्धविच्छेद भएको बताएका छन् । यो विषयमा रोबोलोभ्लेभाका कानुन व्यवसायीले टिप्पणी गर्न अस्वीकार गरेका छन् । तर, यो निर्णयप्रति पुनरावेदन लाग्न सक्छ । साइप्रसमा विवाह सम्पन्न गरेको योे जोडीले २३ वर्षसम्म वैवाहिक सम्बन्ध बिताएका छन् । फोब्र्सका अनुसार रोबोलोभ्लेभाको सम्पत्ति ८ अर्ब ८० करोड डलर छ । यो सम्पत्तिसहित उनी विश्वकै ७९ औं धनी व्यक्ति हुन् । रोबोलोभ्लेभाले २०११ को डिसेम्बरमा एएस मोनाको फुटबल क्लब खरिद गरेका थिए । उनले उच्च नाम चलेका खेलाडी किन्नका लागि करोडौं डलर पनि खर्च गरेका छन् ।
यो क्लब मोनाकोमा छ । यो क्लबले छिमेकी मुलुक फ्रान्सको माथिल्लो स्तरको फुटबल लिगमा खेल्दै आएको छ । मोनाकोमा बस्दै आएका यी अर्बपतिको विश्वभर नै सम्पत्तिको जालो फैलिएको छ । उनले ग्रिक टापु सेन्ट ट्रोपेजको दक्षिणी फ्रेन्च रिसोर्ट पनि खरिद गरेका छन् । यो टापु योभन्दा पहिले अमेरिकी व्यवसायी डोनाल्ड ट्रम्को स्वामित्वमा थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१