२०७२ बैशाख १२ गतेको महाभुकम्प पछि एउटा संचारकर्मीको हैसिएतले ढलेका धरोहर तथा भग्नाअबशेस अबलोकन गर्दै हिडने क्रममा काठमाण्डोको सागुरो गल्लीमा बसेर एउटा पुरानो ढलेको घर हेर्दै टोलाई रहेका एक अधबैशे पुरुष सगँ थोरै कुरा गर्ने मौंका मील्यो । उनले आफ्नो घरी घरी अबरुद्ध भएको गला सफागर्दै, अनि गहभरी छचल्कीएका आशु पुछ्दै २० बर्ष अगाडि विभिन्न सपना बुन्दै राजधानी छिरे देखिन यो विपती सम्म आईपुग्दाको कथा यसरी सुनाएका छन ।
नेपालमा २०७२ साल बैशाख १२ गते आएको महाभुकम्प पछि मेरो हालत पनि २० बर्ष पछाडि धकेलिएको छ । आज सम्झन्छु २० बर्ष अगाडिको त्यो दुख, गाउँको एउटा सानो झुपडी र बर्षभरि रगत र पसिना एकगर्दा पनि खान नपुग्ने जमिन, त्यो पनि बाबा बिमारी हुदा लिएको केहि पैसा ऋणका कारण साहुले हडपे पछि, गोजिमा एक सय तिस रुपैया बोकेर मनमा विभिन्न सपना बुन्दै राजधानी छिरेको थिए । त्यसबेला सायद मेरो उमेर २५ बर्षको हुदो हो । आज जिवनले ४५ बसन्त काटि सकेको छ ।
मैले कामको खोजिमा नचहारेका काठमाण्डौको गल्लीहरु बिरलै होला, तर आज तिनै गल्लीहरु मेरालागी अन्जान सहर जस्तै बनेका छन् । यो विरानो सहरमा दुखै गरेर भएपनि केहि खुसि बटुल्दै थिए । दिन रात एक गरेर भए पनि एउटा सानो परिवार चलाएकै थिए । भाडाकै भएपनि एउटा सानो गल्ली पछि पुगीने पुरानो घरको सानो कोठालाई अलिसान महल सम्झेकै थिए । ति सब एकै झड्कामा माटोको एकै थुप्रो भए । केहि समयको कडा मेहनत, कामको दैरानमा भेटिएका दौतरी गर्दै एक परिवार पनि जोडेको थिए । म सगँ २ छोरा १ छोरी श्रीमती गरी ५ जनाको मेरो सुखि परिवार थियो । बाल बच्चा पढाउने अभिभारा थपिए सँगै हाम्रो परिवारमा फेरी आर्थिक संकट आईपर्यो ।
त्यस पछि मैले पुरानो भरियाको काम छोडर एउटा सानो चिया तथा नास्ताको पसल चलाउने निर्णय गरे । जेन तेन गरेर जोडेको केहि पैसा र साथी भाईको सहयोगमा चिया पसल पनि खोलीयो, राम्रौ चलेको थियो । फेरी हाम्रो परिवारमा साना साना खुसी आउन थाल्यो । तिन बालबच्चा पढाएर पनि हामीलाई एकसरो लाउन र दुई छाक खान कुनै गारो परेन, दुखम सुखम केहि रुपैया जोडन समेत सकेको थिए । मेरो सुन्दर महलरुपी त्यो सागुरो कोठामा बल्ल तल्ल सुत्नको लागी दुई ओटा खाट, एक सेट ग्यास चुलो, केहि भाडा बर्तन समेत जोडेको थिए । आज आफ्नो भन्दा बड्ता, दुखमा जोडेका ति सामानको चिन्ता भैरहेको छ ।
मैले आफ्नो परिवारलाई यो महाभुकम्पबाट त बचाए अब के खुवाएर पालौला, ति सुन्दर सपना बुन्दैगरेका हातहरुको भविश्य कसरी साकार पारौला गाउँ घर भएकाहरुत गाउँ फर्केलान, म सगँ त त्यो बाटो पनि छैन् । म सगँ नत भैतिक सामग्री बचेका छन्, नत आर्थिक ? सायद अब म दुख गरेर पनि त्यो गुड तयार गर्न सक्दीन होला । म फेरी २० बर्ष पुरानो यात्रामा फर्किएको छु । फरक यति छ, त्यो यात्रामा म एक्लो थिए तर आज यो यात्रामा म सँगै मेरा ५ जनाको परिवार पनि हिडिरहेका छन् । सुनेको छु , सरकारले घर भत्केकाहरुलाई घर बनाउने योजना ल्याएर पिडितको पिडामा मलम पट्टी गर्ने काम गरेको छ । तर यो विपतिमा घर भत्कने वा आफन्त गुमाउने मात्र पिडित छैनन् भन्ने कुरा सरकारले बुझ्न जरुरी छ ।
हो काठमाण्डौमा मेरो घर थिएन त्यसकारण मेरो घर ढलेन तर गुड त मेरो पनि भत्कीएको छ । पिडामा त म पनि परेको छु तर म जस्ता कोठा बहालमा बस्ने पिडितका लागी सरकारी योजना केही छैन । भत्कीएको घर देखाउन घर त छैन हामी सँग, तर भत्कीएको मन छ । हामी जस्ता पिडितको लागी पनि सरकारले भत्कीएको गुड बनाउन केही सहयोग गर्लाकी यही आसमा बाच्दै छै । साथै यो विपदको घडिमा सम्पुर्ण पिडितहरुलाई भगवानले धैर्य धारण गर्ने शतmी प्रदानगरुन तथा सम्पुर्ण सहयोगीहातहरु सहयोगका लागी अगि बडुन अनुरोध गर्न चाहान्छु ।
-श्रवण थापा
प्रतिक्रिया