सुत्केरी बिदाको तलब पुरुष शिक्षकले लिएपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार ११:५८

काठमाडौं, २२ असार । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी– ९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा भएको हो ।

money nepaliगत मङ्सिर २२ गते सुत्केरी भएकी शिक्षक तिलरुपा मङ्सिर ११ देखि माघ ११ गतेसम्म दुई महिना सुत्केरी बिदा बसेकी थिइन् । कक्षा ११ र १२ मा नेपाली विषय पठनपाठन गराउँदै आएकी शिक्षक तिलरुपाले बिदा अवधिको तलब नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले सो अवधिको तलब पौडेललाई दिलाई दिएपछि यस्तो अवस्था आएको हो । शिक्षा नियमावलीको परिच्छेद १९ मा शिक्षकले सुत्केरी बिदा सुत्केरी अघि वा पछि ६० दिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१