बलिउडका चर्चित सेलिब्रेटीहरु, कसले कति कमाए ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार ११:५३

विश्वमै बलिउड निकै प्रख्यात छ भने त्यो दुई कुरामा छ । क्रिकेट र फिल्म । यी दुवै क्षेत्रमा पैसा अनि पावर उत्तिकै चल्छ । व्यवसायी पनि यिनकै पछि लागेका छन् । त्यसैले दुवै क्षेत्रका वास्तविक हिरो पनि धनीको सूचीमा उक्लिने होडमा छन् ।
फोब्र्स इन्डियाले गरेको एक अध्ययनमा यी दुई क्षेत्रका सेलिब्रेटीहरूमा १ सय जनाको सम्पत्ति २ हजार ६ सय २२ करोड भारतीय रुपैयाँ छ । यसमध्ये माथिल्लो १० औं स्थानसम्मका सेलिब्रेटीको कुल सम्पत्ति १ हजार १ सय ४५ करोड रुपैयाँ छ ।

salmanबलिउडमा जब तक हे जान र चेन्नई एक्सप्रेसको सफलतापछि शाहरुख खान अगाडि पुगेका छन् । यी दुई फिल्मकै मात्र गरी शाहरुखले २ सय २० करोड भारतीय रुपैयाँ आम्दानी गरेको अनुमान छ । उनको कुल सम्पत्ति भने ५४ करोड अमेरिकी डलर -२५ अर्ब भारतीय रुपैयाँ) छ । सेलिब्रटीको सूचीमा खानपछि क्रिकेटका महेन्द्रसिंह धोनी ‘टप टु’ मा छन् । तर सम्पत्तिको नभई प्रसिद्धिको गणना गर्ने हो भने एक नम्बरमा क्रिकेटका हिरो सचिन तेन्डुलकर १ नम्बरमा छन् । त्यसपछि धोनी, तेस्रोमा सलमान खान र चौथोमा शाहरुख छन् ।

सम्पत्ति कमाउने मामलामा शाहरुख पछि दोस्रोमा सलमान छन् । उनले खेलेका धेरै फिल्म हिटको सूचीमा परेपछि उनले एक वर्षमा १ सय ५५ करोड ३२ लाख भारतीय रुपैयाँ कमाएका छन् । त्यस्तै टेलिभिजन कार्यक्रम बिग बोसबाट उनको यो आम्दानी अझै बढेको अनुमान गरिएको छ । धोनीले एक वर्षमा १ सय ५७ करोड रुपैयाँ कमाएका छन् । यसले प्रसिद्धिका लागि क्रिकेट बलिउडको निकटतम प्रतिद्वन्द्वी रहेको पुष्टि हुन्छ । सन् २०१३ को जुनसम्मको सम्पत्ति विवरणअनुसार धोनीको कुल निजी सम्पत्ति ३ करोड १५ लाख अमेरिकी डलर रहेकेा फोब्र्सले जनाएको छ ।

बढी आम्दानी गर्नेमा धोनीपछि चौथो नम्बर भारतीय महानायक अमिताभ बच्चन रहेका छन् । उनले एक वर्षमा कमाएको सम्पत्ति १ सय ४७ करोड भारतीय रुपैयाँ छ । तर उनलाई प्रसिद्धितर्फ शाहरुखले टक्कर दिएका छन् ।

‘फ्यान’ हरूको माझ केही कम चर्चित अक्षय कुमार सम्पत्ति कमाउने हिरोको दौडमा अमिताभको पछाडि छन् । उनले गत एक वर्ष -२०१२ नोभेम्बर देखि २०१३ नोभेम्बर) मा १ सय १८ करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । खेलेका सबै फिल्म हिट नभए पनि बढी संख्यामा फिल्म खेलेकै कारण अक्षयले आफूलाई यो सूचीमा पाँचौं नम्बरमा उभ्याउन सकेका हुन् । उनी सन् २०११ का सबैभन्दा बढी कर तिर्ने बलिउड अभिनेता पनि हुन् । प्रसिद्धि र सम्पत्ति दुवैलाई आधार बनाएर फोब्र्सले निकालेको सूचीमा भने अक्षय छैटौं नम्बरमा छन् ।

प्रसिद्धिका लागि नम्बर एक मानिएका क्रिकेटका ‘भगवान्’ सचिन गत वर्षको आम्दानीका हिसाबमा अक्षयको पछाडि छन् । सचिनले एक वर्षमा करिब साढे ९४ करोड भारतीय रुपैयाँ कमाएका छन् । सचिनपछि साढे ६८ करोड रुपैयाँ कमाएर रणवीर कपुर सातौं स्थानमा आएका छन् ।

बलिउडमा छिरेको नयाँ पुस्तामा सबैभन्दा चर्चित रहेका रणवीर रिलिज भएका फिल्मका कारण प्रसिद्धिको सूचीमा १३ औं स्थानमा परेका छन् । त्यस्तै कैटरिना कैफले एक वर्षमा ६३ करोड ७५ लाख भारतीय रुपैयाँ कमाएको फोब्र्सले जनाएको छ । क्रिस सिरिजका मुख्य हिरो ऋतिक रोशन ९ औं स्थानमा छन् । उनले गत वर्ष ६२ करोड रुपैयाँ कमाए । यसपालि क्रिकेट र केही विज्ञापनहरूमा छाएका कारण विराट कोहलीले पनि फोब्र्सको १०० सेलिब्रेटीको सूचीमा सातौं स्थान पाएका छन् । उनको गत वर्षको आम्दानी ५७ करोड ३१ लाख भारतीय रुपैयाँ रहेको छ । संयोगले उनी यसपालिको ‘टप १०’ भित्र पर्ने सबैभन्दा कान्छा सेलिब्रेटी हुन् ।

फिल्म स्टारहरूले अतिरिक्त पैसा र प्रसिद्धि कमाउन अहिले टेलिभिजनमा गएका छन् । जसमध्ये सलमान, अक्षय र अमिताभ बच्चन प्रमुख हुन् । त्यही यसपालि शाहरुखले मात्र आफ्ना ठूला पर्दाका फिल्ममा मात्र ध्यान दिए । शाहरुखलाई गत वर्ष मिलेको १९ विभिन्न इन्डोर्समेन्टले थप फाइदा पुर्‍याएको हो ।

फोब्र्सको सूचीमा यसपालि २४ नयाँ अनुहार थपिएका छन् । यी नयाँ अनुहारमा म्यारी कोम, बोमन इरानी, अजित कुमार, विश्वनाथन आनन्द र जुनियर एनटीआर रहेका छन् । सूचीको टप १० बाट यसपालि बलिउडकी करिना कपुर र क्रिकेटका वीरेन्द्र सेहवाग हटेका छन् । जसको ठाउँ यसपालि रणवीर र ऋतिकले लिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१