भिडियो निर्देशक रोजल बने गीतकार र संगीतकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १०:३०

rojalम्युजिक भिडियो निर्देशन गरेर सर्वाधिक चर्चा कमाएका निर्देशक रोजल थापा पहिलो पटक गीतकार र संगीतकार पनि बनेका छन् । रोजल थापाको शब्द संगीतमा गायक रक्तिम पाठकको स्वरमा “पानि पानि थियो मन मेरो” बोलको नयाँ गीत रेकडिङ गरिएको छ । यस गीतमा संगीत संयोजन भने भुवन विरहीले गरेका छन् । उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरेर दर्शकहरुको मन जित्न सफल निर्देशक थापाले यस गीतबाट पनि आफ्नो नयाँ परिचय बनाउने सुरमा रहेका छन् । हामीसँगको विशेष कुराकानीमा रोजलले भने -‘मैले निर्देशन गरेको भिडियोहरु लाखौं दर्शकहरुले हेर्नु भयो र मन पनि पराउनु भयो । त्यसैले मेरो नयाँ सुरुवातलाई पनि मनपराउनुहुनेछ भन्नेमा विश्वास बोकेको छु ।’ उनले आफ्नो शब्द र संगीत उत्कृष्ट रहेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१