नेपाल आउने पर्यटकहरुको संख्या बढिरहेको छ : रमेशकुमार अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १४:१३

बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यति बेला नेपालका धेरै जसो प्राकृतिक सम्पदाहरु नष्ट भएका छन् । तर नेपालमा भूकम्पगएपछि पनि पर्यटकहरुलाई कुनै समस्या नरहेको भन्दैं व्यबसायीहरु सगैं सरकारले प्रचार प्रसार गरिरहेको छ । तर पर्यटकहरु भूकम्पपछि सोचे अनुरुपमा बढेको पाइदैंन । तर केहि दिन यति नेपाल पर्यटक बोर्डले दिएको तथ्याङक अनुसार दैनिक २ हजार भन्दा बढि पर्यटकहरु नेपाल भित्रिरहेका छन् । र सो क्रम बढ्दै गएको पनि बताइएको छ । तर अझै पनि पर्यटकहरुमा नेपालमा घुम्न आउँदा असुरक्षित हुने पो होकी भन्ने त्रासले पर्यटकहरु सोचेअनुरुपले नेपाल भित्रन सकेका छैंन । तर विभिन्न संघ, संस्था साथैं सरकारले अहिले पर्यटकहरुलाई नेपाल घूम्न आउदा कुनै पनि असुरक्षित महशुस नहुने भन्दैं पर्यटकहरुलाई नेपाल आउन आग्रह गरिरहेका छन् । त्यहि विषयमा केन्द्रित रहेर राष्ट्रिय खबरडटकमका सह—सम्पादक मनिष दाहालले नेपाल पर्यटन बोर्डका हालका अस्थाई सिइओ रमेशकुमार अधिकारीसँग गर्नुभएकोे कुराकानी :

ramesh १.अहिले नेपाल पर्यटन बोर्डले के काम गरिरहेको छ र अहिलेको पर्यटनको अबस्था कस्तो छ ?
पर्यटनको अबस्थालार्ई सुधार गर्नु पर्ने छ । र त्यो सुधार गर्नु पर्ने अबस्थालाई लिएर व्यापक प्रचार प्रसार र त्यो मध्य पनि नेपालको पर्यटनक्षेत्र भूकम्पले केहि असर पुराएता पनि पर्यटकका लागि यहाँ दृश्याअवलोकन गर्न,शाहासिक आनन्द लिन, सास्कृतिक अवलोक गर्न, बजार डुल्न, घुम्न, रमाइलो गर्न, आतिथ्यताको अनुभव गर्न कुनै असुरक्षित महशुस गर्नु पर्दैन । काठमाडौं आउँन सुविधा छ काठमाडौं भन्दा बाहिर जान सुविधा छ । अहिले हामीले यिनै कुराहरुको व्यापक प्रचार प्रसार गरिरहेका छौं । यो प्रचार प्रसारमा हामीले अन्तरािष्ट्रय मिडिया, स्वदेशी मिडिया, निजीक्षेत्रहरुसँग छफलफ सगैं सहकार्य गरिरहेका छौं । र पर्यटकहरुको आउँने अबस्था हेर्ने हो भने विदामा आउँनेहरुको अबस्था २ हजारको आसपासमा रहेको छ । अहिलेको दैनिकी तथ्याङक हेर्ने हो भने पर्यटकहरु दिनदिनहुँ बढिरहेका छन् ।

२.भूकम्पपछि धेरै पर्यटकिय सम्पदाहरु देखी प्राकृतिक सम्पदाहरु नष्ट भएका छन् । नेपाल घूम्न आउँने पर्यटकहरुले अहिले यो विषयमा के भनिरहेका छन् ?
भूकम्पबाट क्षतीग्रस्त संरचनाहरु हामीले केहि दिनका लागि हेर्न अनुमती दिएनौं । र हामीले केहि दिन अगाडीबाट उक्त संचरनाहरु हेर्न पाउँने गरि खुल्ला गरेका छौं । जे जस्तो अबस्था छ ति सम्पदाहरुको अवलोकन र भ्रमण गराउने भनेर हामीले ति क्षतीग्रस्त संचरनाहरु हेर्न खुल्ला गराएका हौं । एकपटक नेपाल घुमेकोलाई पहिलाको नेपालमा रहेका प्राकृतिकसम्पदा यस्तो थियो अहिले यस्तो भयो भन्ने हुन्छ भने पहिलो पटक नेपाल घुम्न आएकालाई भूकम्पले यसरीे क्षती गरेछ भन्ने हुन्छ । यसले पर्यटक घटाउने कुरा हुदैंन अझ बढाउने कुरा हुन्छ ।

.भूकम्पपछि जसरी पर्यटकिय सम्पदाहरु नष्ट भएका छन । पर्यटन बोर्डलाई आएको आधिकारिक तथ्याङक अनुसार कति सम्मको क्षती भएको अनुमान छ ?
पिडिएनएमा २० अरब बराबरको संरचनाको क्षती भयो सरकारी र निजी गरेर भने ६० अरब बराबरको ६ महिनाको व्यबसायमा क्षती भएको छ । भूकम्पबाट ६० अरब बराबरको पर्यटनक्षेत्रले क्षती व्यहोर्नु परेको छ ।

३.नेपाल पर्यटकका लागि सुरक्षित छ र पर्यटकहरुलाई नेपालमा घुम्न आउँन कुनै गाह्रो छैंन भनेर विदेशमा चाहि कस्ता कार्यक्रमहरु अगाडी लग्नुभएको छ ?
हामीले मुख्य फोकस गरेको इन्डिया र चाईना हो । इन्डिया र चाईनामा हामीले पर्यटन बोर्डकै सम्वनयमा इन्डियाबाट पत्रकारहरु र टुरअप्रेटरहरुलाई नेपालमा ल्याइराखेका छौं । अब छिटैं कलकताको टोली नेपाल आउदैं छ । साथ साथै इन्डियाका इभेन्टहरुमा पनि हामीले भाग लिएका छौं । र चाईनाको टोली पनि नेपालबाट भर्खरै फर्किएको अबस्था छ । यहि माध्यमबाट अहिले हामीले पर्यटकहरुलाई नेपाल घुम्न कुनै असहज छैन भन्ने देखाउन खोजिरहेका छौं ।

४.तपाई बोर्डमा प्रवेश गरिसकेपछि सफलतापूर्वक गर्नु भएका कामहरु के के छन् ?
यति छिटै मैले यो सफलता पूर्वक काम गरे भनेर गफ गर्ने बेला भएको छैंन । बोर्डलाई केहि अफट्यारो भएको अबस्थामा आएर मैले काम गरेको हुँ । कर्मचारीको मनोबललाई उठाउन, थन्किएर बसेका कामहरुलाई उठाउने कामहरु हामीले गर्न थालेका थियौं तर केहि दिन पछि नै भूकम्प आयो । र त्यसपछि हाम्रो ध्यान अर्को तिर गयो । तर अहिले सम्पुर्ण कुरा विस्तारै अगाडी बढिरहेको छ ।

ramesh4५.बोर्डको सिइओ नियुत्तिको प्रक्रिया चाहि कहाँ पुगेको छ ?
विज्ञापनबाट दरखास्त आउँन थालेको छ । र अहिले पुनरावेद अदालतले कार्यन्वयन नगर्नु र नगराउनु भनेर आदेश भएको अबस्था छ । त्यहि नै हो ।

६.तपाई बोर्डमा आएसगैं भूकम्प पनि आयो अनि तपाईलाई अझ चुनौती थपियो होइन ?
मलाई समस्या थपियो भन्दिन, समस्क्ष आफ्नो कामसँग हो । चुनौती यति बेला मुलुकले खपिरहेको छ स्वभाविक पनि हो त्यो केहि हदसम्म बोर्डले पनि खपिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१