विश्वका चर्चित १० हिमालहरु, नेपालका सगरमाथा र अन्नपूर्णपनि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार ११:०६

sagarmathaसंसारमा यस्ता दश चर्चित हिमाल छन, जुन हिमाल आरोहण गर्नको लागि सबैलाई छुट छ र हिमाल आरोहणबाट छुट्टै आनन्द पनि लिन सकिन्छ । चर्चित हिमालहरुकै कारणले गर्दा पनि विश्वमा नै उक्त हिमालहरु चिनिएका छन् ।

जानौं विश्वमा नै चर्चित १० हिमालहरु :-

माउन्ट एभरेस्ट, नेपाल : माउन्ट एभरेस्टलाई नेपालीमा सगरमाथा भनिन्छ भने तिब्बतमा कोमोलुंगमा नामले चिनिन्छ । यो संसारकै सबैभन्दा अग्लो हिमाल हो । यो हिमालयको महालंगुर खण्डमा अबस्थित छ । यसको उचाई ८,८४८ मीटर (२९,०२९ फीट) छ । सगरमाथामा सबैभन्दा पहिला १९५३ मा नेपालका तेन्जिङ नोर्गेको साथमा न्यूजील्याण्डका एडमण्ड हिलारीले पाइला राखेका थिए । अहिलेसम्म हजारौं मानिसले यो हिमाल आरोहण गरिसकेका छन । सगरमाथाबाट तल हेर्दा मनमोहक र अति नै सुन्दर दृश्यहरु देखिन्छन् ।

अन्नपूर्ण, नेपाल : अन्नपूर्ण हिमाल संसारकै अद्भुत दृश्य मध्येको एक हो। यहांको भौगोलिक विविधताको कारण यो हिमालमा चढ्न चाहनेको लागि एक एडभेन्चर कै अनुभव हुन्छ । यो संसारको सबैभन्दा उच्च पहाड हिमालयको एक खण्ड पनि हो । यहांबाट सुर्योदयको दृश्य हेर्नको लागि पर्यटकहरु ज्यादै नै उत्साहित देखिन्छन ।

दामावंद, ईरान : दामावंद एल्बर्ज सीमाको एक भाग हो । आरोहणको हिसाबले यो हिमाल अत्यन्तै आनन्द लिने पहाड मध्येको एक पर्छ । यो पहाडमा कयौं तातोपानीका झरनाहरु छन जसको निर्माण एक ज्वालामुखीबाट निरन्तर निस्कने वाफको कारण भएको हो । यसको उचाई ५८०० मीटर छ ।

डेनाली, अलास्का : यो पहाड चढ्न चाहनेको लागि आनन्ददायक मानिन्छ । उत्तरी अमेरिका को यस पहाडको उचाई ६२०० मीटर छ। यो पहाड चढ्दा विभिन्न कठिनाईसँग जुध्दै जानु पर्ने हुन सक्छ । चढ्दै जाँदा जति माथि पुगिन्छ त्यती नै आनन्द लाग्ने सुन्दर दृ्श्यहरु देख्न पाइन्छ ।

सिलातेपेल र इतासिहुआल (स्लीपिंग वुमन), मेक्सिको : यस हिमालमा एक साथ बनेको दुई ज्वालामुखी आकारका प्रकृतिका दृश्यहरु देख्न पाइन्छ । यी दुबै पहाड पर्वतारोहीको लागि आरोहण गर्नको लागि अनुकुल रहेको बताइन्छ । यसमा ढाकिएको हिउँको दृ्श्य टाढाबाट देखिदा कुनै सुन्दर महिला सुतिरहेको प्रतित हुन्छ । यसैले यसलाई स्लीपिंग वुमन (सुतिरहेको महिला) को नामले पनि चिनिन्छ । यो हिमाल चढ्न अरु हिमालको तुलनामा सजिलो छ ।

माउण्ट एलबर्स, रूस : रुसमा रहेको यो हिमाल युरोप र एशियाको बीच वाचटावर जस्तै उभिएको छ । यो हिमाल चढ्न कही कही धेरै नै गाह्रो छ किनकि यसको कुनै ठाउँमा चढ्दा धेरै नै परिवर्तन देखिन्छ । तर एडभेन्चरमा रमाउनेको लागि भने यो ठाउँ उत्तम मानिन्छ । यहाँबाट जति जति माथि गइन्छ त्यति नै युरोप र एशियाको सुन्दर दृश्य देख्न पाइन्छ ।

द म्याटरहर्न, स्विज़रल्याण्ड : यो हिमाल स्विटजरल्याण्डको ऐल्प्स (यूरोपको एक पर्वत श्रृंखला) मा अवस्थित छ । साथै यो पर्वतारोहीहरुको बीचमा ज्यादै नै प्रख्यात छ । यसबाट जति माथि माथि गइन्छ त्यति नै सुन्दर दृ्श्य देख्न पाइन्छ । यहाँ ठुलो पिरामिड आकारको चट्टान पनि देख्न पाइन्छ ।

एन्डीज, पेरू : ऐन्डीज संसारकै सबैभन्दा लामो पर्वत श्रेणी हो । यो दक्षिण अमेरिकाको पश्चिमी तटमा अवस्थित छ । आरोहणको क्रममा बाटोमा हिड्दै जाँदा दुई नदी मिसिएको ठाउको दृश्य देख्दा अर्कै दुनियामा आएको भाँन हुन्छ ।

किलीमंजारो, अफ्रीका : यो समतल खालको पहाड अफ्रीका महाद्वीपमा अवस्थित छ । यस ज्वालामुखीबाट बनेको पहाडले तपाईलाई एक अद्भुत अनुभव प्रदान गर्दछ । यो समुद्र सतहबाट 5,895 मीटर उचाईमा छ । साथै यो अफ्रीकाको सबैभन्दा अग्लो पहाड पनि हो ।

माउण्ट खुइटेन, मंगोलिया : यो पहाड मंगोलियाको अटलई सीमामा छ । भनिन्छ यो पहाडमा जो कोही पनि हराउन सक्दछ । हराउने कारण चाहि चढ्न गाह्रो भएर तथा यसको जाने बाटोमा धेरै नै दुविधामा भएर होइन कि यो ठाउँ नै धेरै यति राम्रो छ कि गएपछि जो कोहीलाई पनि त्यतै बसुं बसुं लाग्ने खालको छ र यो आरोहणको लागि पनि सजिलो छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१