रुपन्देहीमा २० प्रतिशत मात्रै रोपाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १०:५५

रुपन्देही, २१ असार । शनिबारदेखि पानी पर्न थालेपछि रुपन्देहीका किसानहरुको ब्यस्तता बढेको छ । पर्याप्त पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु पानी पर्न थालेपछि रोपाईमा ब्यस्त हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार आईतबारसम्म जिल्लामा २० प्रतिशत रोपाई भएको छ । केहि दिनयता लगातार बर्षा भएपछि रोपाईले तिव्रता पाएको हो । अहिले किसानहरु खेत खेतमा ब्यस्त छन् । अब ६० प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको छ ।
कृषि कार्यालय रुपन्देहीको तथ्याङ्कमा कुल खेतीयोग्य जमिनको ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोे छ । जसमध्ये सिंचीत एरीया ५० हजार ६ सय १७ हेक्टर रहेको छ । मनसुन छिटो बेलैमा सक्रिय भएकाले यो वर्ष धानको उत्पादन बढ्न सक्ने कृषि विज्ञहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारीले शनिबारदेखि पानी पर्न थालेपछि अधिकांश ठाउँमा रोपाई शुरु भएको बताए ।

ropaiउनले आकाशे पानीको भर परेका क्षेत्रमा पनि रोपाई शुरु भएको बताए । जिल्लाको उत्तरी क्षेत्रमा लगभग रोपाई सकिएको छ । देवदह, फर्साटिकर, शंकरनगर, मणिग्राम, मानपकडी, सालझन्डी, सैनामैनामा धमाधम रोपाई चलिरहेको छ । बोगडी, लुम्बिनी आदर्श, मधुवनी, साडी, करौता, सुर्यपूरा, गुठी प्रसौनी, आमा, लगायतका गाबिसहरुमा पनि आंशिक मात्रामा रोपाई शुरु भएको छ ।
यहाँ उन्नत र हाइब्रिड जातका धान रोपिएको छ । कृषि कार्यालयका अनुसार उन्नत धानतर्फ सुख्खा ३, सावा मन्सुली, सावित्री, मकवानपुर १, सुनौली सुगन्ध, कालानमक जस्ता प्रजातीका धान रोपिएको छ । यस्तै हाईब्रेड जातमा गोरखनाथ ५०९, लोकनाथ ५०५,एराइज ६४६४, पृथ्वी, सुरज, चाँदनी, भर्ती लगायतका धानको बिउ किसानले रोपेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१