पहिलो चलचित्र ६ एकान ६ निर्माण गरेपछि यस चलचित्रका निर्माताद्धय दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा निकै उत्साहित भए । चलचित्रले निकै राम्रो व्यापार गरेपछि सोहि निर्माताले चलचित्र वडा नं. ६ निर्माण गरे । तर यो चलचित्र प्रदर्शनमा आइसकेको छैंन तर बाहिर आएको खबर अनुसार उक्त चलचित्रले प्रदर्शन हुनुभन्दा अगाडी नै लगानी सुरक्षित गरिसकेको छ । ‘६ एकान ६’ बाट ६ अकं निकै फापेको यो टिमले अब पुन ६ अकंकै अर्को चलचित्र निर्माण गर्ने भएको छ ।
चलचित्रको नाम ‘छ भने माया छपक्कै लाइदेऊ’ हुनेछ । चलचित्रलाई पहिलो पटक कलाकार एवं निर्मात्री दिपाश्री निरौलाले निर्देशन गर्ने बताइएको छ । चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माको नै लगानी रहनेछ । चलचित्रको पटकथा र संवाद भने दिपकराज गिरीले नै लेख्ने बताइएको छ । दिपकले एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दे भने -‘चलचित्र ‘छ भने माया छपक्कै लाइदेऊ’को स्क्रिप्ट लेखन कार्य सम्पन्न भइसकेको छ अब हामी वडा नं. ६ को प्रदर्शन भइसकेपछि छायांकनमा जाने छौं ।’ अहिले यो टिम चलचित्र ‘वडा नं. ६’को प्रमोशनमा व्यस्त छन् ।
प्रतिक्रिया