जापानलाई फराकिलो अन्तरमा हराउँदै महिला बिश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ। क्यानाडाको बिसी प्यालेस रंगशालामा सोमबार बिहान भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो । अमेरिकाले खेलको पहिलो हाफमै ४-१ को अग्रता लिएको थियो। अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा उपाधि जितेको थियो। यो जितसँगै अमेरिकाले सन् २०११ मा जर्मन महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदलासमेत लिएको छ।
प्रतिक्रिया