उत्कृष्ठ शिक्षक सम्मान कार्यक्रममा २८ जना शिक्षक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १०:१०

sammaलक्ष्मीराज पाध्याय
बाजुरा, २१ असार । जिल्ला शिक्षा कार्यलय बाजुराले बाजुरा जिल्लामा आईतबार एक कार्यक्रम गरी २८ जना शिक्षक तथा शिक्षिकालाई उत्कृष्ठ सम्मान गरेको छ । उत्कृष्ठ पुरष्कृत हुनेमा प्राथमिक तहका १० जना शिक्षक,शिक्षिका, निम्न माध्यामिक तहका १० जना र माध्यामिक तहका ८ जना गरि २८ जना शिक्षक, शिक्षिकालाई उत्कृष्ठ सम्मान गरेको जिल्ला शिक्षा कार्यलयका प्राबिधकि सहायक उमेश रेग्मीले बताए । उनका अनुसार एक औपचारीक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताएको छ । जिललामा उत्कृष्ठ कार्य सम्पादन ,कुशल ब्यबस्थापन,र प्रभावकारी कार्य गरेबाफत जिल्लाका बिभिन्न बिद्यलयका २८ जना शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । जिल्ला समिति अध्यक्ष तथा स्थानिय बिकास अधिकारी यूवराज पौडेलको अध्यक्षतामा संचालन गरीएको कार्यक्रमको प्रमूख अतिथि प्रमूख जिलला अधिकारी धनप्रशाद शर्मा पौडेल रहनुभएको थियो भने कार्यक्रमको स.चालन जिल्ला शिक्षा कार्यलयका प्राबिधीक सहायक उमेश रेग्मीले गरेको बताएको छ । कार्यक्रम जिल्ला सदरमुकाम मार्तडीमा रहेको अगुवा श्रोत केन्द्रमा संचालन गरिएको थियो । भने कार्यक्रममा जिल्ला स्थीत सबै बिद्यालयका शिक्षक शिक्षिका , राजनैतीक दलका प्रतिनिधी , पत्रकार नागरीक समाज लगाएतको उपस्थीति रहेको रेग्मीले बताए । सम्मान पाउने शिक्षक तथा शिषिकाहरुलाई दोसल्ला ओढाई प्रमाण पत्र दिएर सम्मान गरीएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१