झापाका निजी विद्यालय सोमबार बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १०:०८

बिर्तामोड, २१ असार । शिक्षासेवी लक्ष्मण सुवेदीको निधनप्रति शोक व्यक्त गर्न निजी तथा आवासी विद्यालयहरुको संगठन प्याब्सन झापाले भोलि (असार २१ गते) सोमवार जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्याब्सन झापाका निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार सुवेदीको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनसँग आवद्ध सबै विद्यालय एक दिनका लागि बन्द गरेर शोक मनाउने निर्णय गरिएको संस्थाका अध्यक्ष मिलनकुमार ढुंगानाले जनाए ।
प्याब्सनका सह–सचिव ज्ञानकुमार थलङका अनुसार सुवेदीको शोकमा प्याब्सन सम्बद्ध झापाका २ सय ७० विद्यालयमा सोमवार पठनपाठन हुने छैन । सुवेदी सुरुङ्गास्थित प्यारागन एकाडेमीका संथापक प्रिन्सिपल समेत हुन् । सुरुङ्गा क्षेत्रका सुपरिचित शिक्षासेवी सुबेदीको शनिवार दिउँसो २ बजे भारतको चेन्नाईस्थित ग्लोबल हस्पिटलमा निधन भएको थियो ।

eduस्व.सुबेदी विगत अढाई वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको २ पटक शल्यक्रिया गरिएको थियो । उनी केही दिन अघि नर्मल फलोअपका लागि चेन्नाई पुगेका थिए । कनकाई बहुमखी क्याम्पस सुरुङ्गाका अंग्रेजी विषयका उपप्राध्यापक, पब्लिक क्याम्पस प्राध्यापक संघ झापाका अध्यक्ष, प्याब्सन झापाका सल्लाहकार, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका डाइरेक्टर समेत रहेका ५४ वर्षीय सुबेदीकी धर्मपत्नी चम्पा खनाल सुबेदी रहेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१