हिमानी पारसको मिलन कहिले ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार ०९:४१

काठमाडौं,२१ असार । जीवनकुञ्जमा दैनिक जीवन बिताइरहेका पूर्व युवराज पारस शाह र पत्नी हिमानी छुट्टै बस्ने गरेका छन् । करिब चार वर्ष लामो थाइल्यान्ड बसाइपछि नेपाल आएका पारससँग छोरी पूर्णिका, कीर्तिका र छोरा हृदयन्द्र बस्ने गरेका छन् । पत्नी हिमानी भने निर्मल निवासमा बस्ने गरेकी छन् ।

धर्मकर्ममा अधिक विश्वास गर्ने हिमानीलाई कपन पञ्चकन्या बस्दै आएकी माता सविता सरु शर्मा आचार्यले तत्काल श्रीमान् पारससँग नबस्न आग्रह गरेपछि उनी अहिलेसम्म छुट्टै बसेकी छन् । निर्मल निवास स्रोतका अनुसार माताकै आग्रहपछि पारस र हिमानी सँगै बस्ने सम्भावना रहेको छ । ‘माताले कहिलेदेखि सँगै बस्न भन्नुहुन्छ सोही बेलादेखि पारस र हिमाी सँगै बस्नुहुनेछ’, स्रोतले भन्यो । तर, हिमानी र पारसको सम्बन्ध चिसिएको भन्ने विषय साँचो नभएको पारिवारिक स्रोतले जनाएको छ । बिहान व्यायाम, त्यसपछि पत्रपत्रिका पढ्ने अनि छोराछोरीसँग बसेर दैनिकी काटिरहेका पारसलाई कसैसँग भेट गर्न दिइएको छैन । महाभूकम्पलगत्तै बुबा ज्ञानेन्द्र र पत्नी हिमाी भारत जाँदा भूकम्पपीडितको लागि राहत व्यवस्थापन गर्न पूरै समय हिमानी ट्रष्टमा बस्ने गरेका पारसले अहिले ट्रष्टको कामलाई ध्यान दिन थालेको स्रोतका दाबी छ, आजको समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१