विश्वकै दुखद ८ तस्विर, जसले सबैको मन रुवायो ! (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १७:३४

तस्विर, जसले विगतलाई जीवन्त राख्दछ । फोटोग्राफरले लिने सबै फोटो आफै बोल्ने हुँदैनन्, तर कतिपय अवस्थामा लिइएको तस्विरहरु चर्चित हुन्छन् । यहाँ यस्ता तस्विरहरु छन् जसले अत्यन्त त्रासदी घटनाहरु बोलिरहेका छन् । यस्ता तस्विर जसले दुनियाको ध्यनाकर्षण गराएको छ ।

1पहिलो यो तस्विर एक बौद्ध भिक्षुको हो, जसले सन् १९६३ मा दक्षिण भियतनाममा अमेरिकी युद्धको विरोध गर्दै आफैले आफूलाई आगो लगाएका थिए । शरीरमा यति पीडा हुँदा पनि उनी न चिच्चाए, न तड्पिएर यताउता हिंडे, उनको चुपचाप मृत्यु भएको थियो ।

2दोस्रो तस्विर सन् २००३ मा भएको युराकी युद्धमा नियन्त्रणमा लिइएको एक इराकी कैदीको हो, जसले आफ्नो चार वर्षका बालकलाई काखामा राखि सुताउन खोज्दै थिए, तर बुबाको हातमा लगाईको हत्कडी देखेर छोरा डराउँछन् । छोरा डराएको देखेपछि कैदीले सेनासँग आफ्नो हातको हत्कडी खोल्न लगाउँछन् । सेनाले पनि उसको आग्रहलाई मान्दछन् । हत्कडी फुकाएपछि काखामा राखी आफ्नो छोरालाई सुताउँदै छन् ।

3तेस्रो तस्विर सन् १९८४ मा इण्डियाको भोपाल ग्याँस काण्डको हो, जुन दुर्घटनामा परी २५ हजार भन्दा बढी मानिस प्राभावित भएका थिए । सो घटनामा परी मारिएका यी बालकलाई गाड्ने क्रममा देखिएको तस्विर, ग्याँसका कारण उनको आँखा पनि बाहिर निस्किएको थियो ।

4चौथो तस्विर स्न १९८३ मा तुर्किमा आएको भुकम्पमा एक आमाले आफ्ना पाँच बच्चालाई गुमाइन । मारिएका आफ्ना सन्तान अघि रुँदै गरेकी छिन् ।

5पाँचौँ तस्विर पनि भियतनाम–अमेरिका युद्धमा भियतनामी सेनाले गरेको आफ्नै गल्तिबाट भएको एक घटनाको हो । भियतनामी सेनाले नेपाम बम आफ्नै नागरिक माथि छाड्दा नागरिकमा भागदौड मच्चियो ।

6छैठौ तस्विर कोलम्बीयाको आर्मिरोमा सन् १९८५ मा फुटेको ज्वालामुखीको हो, सो घटनामा २५ हजार मानिसको मृत्यु भएको थियो । ज्वालामुखी वरिपरिको करिब दश ठाउँमा फैलिँदै थियो । आँमयरा सांजेच १३ वर्षकी, आफ्नो घर बर्बाद हुँदा पनि तीन दिनसम्म ज्वालामुखीको दबदबामा फँसिरहेकी थिइन । यो तस्विरलाई फ्रेंक र्फानियर फोटोग्राफरले लिएका हुन्, जुन तस्विरले सन् १९८५ मा वोल्ड प्रेस अफ द इयरको पुरस्कार पाएको थियो । केहि दिनपछि आँमयाराको मृत्यु भएको थियो ।

7सातौ तस्विर सन् १९७५ मा एक कोठोमा भएको दर्दनाक घटनाको हो । घरमा आगो लागेपछि बच्ने कोसिस गर्दै साडीमा बाँधिएर आमा छोरा तल झर्दै तर, बीचमै साडी टुटेपछि दुवै जमिनमा खसे । आमाको मृत्यु भयो तर बालक भने आमाको जीउ माथि परेपछि बाँच्न सफल भए ।

8आठौ यो तस्विर संसारमा सबैभन्दा चर्चित बन्यो । अफ्रिका देशमा कुपोषणको शिकार भएको एक बच्चाको मृत्युको पर्खाइमा रहेको थियो एक गिद्ध । यो तस्विर ठूलो मुद्दा पनि बन्यो । यो तस्विरका फोटो ग्राफरले अवार्ड मिलेपछि आत्महत्या गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१