एस.पी.गौरब
सर्लाही,२० असार । विगत लामो समयदेखीको युद्धले देश आक्रान्त बनेको छ । ठुलो मात्रामा धनजनको क्षेती हुनुको साथै भौतिक क्षेतीका कारण आज पनि देश तंग्रनी पाएको छैन । राजनैतीक दलका नेताहरु सक्ताको खेलमा लागेका छन भने द्धन्दमा ज्यान गुमाएका तथा वेपत्ता भएकाहरुले शान्तिको महसुस गर्न सकेका छैनन् । वेपत्ता छानमीन आयोगको गठनको कुरा कुरामा मात्रै सिमीत रहेको छ । सोही सम्बन्धमा स्थानीयबासीलाई स्थायीत्व तथा शान्तिको महसुस गराउँन गठन गरिएको स्थानीय शान्ति समिती पनि पछिल्लो समयमा राजनीतीबाट मुक्त हुन सकेको छैन । वेलावेलामा पत्रकारहरुलाई जानकारी पनि नदिई कार्यक्रम गरे जस्तो गर्दै छ । सेही सम्बन्धमा आईतबार स्थानीय शान्ति समिती सर्लाहीले लालबन्दीमा कार्यक्रम गरेको छ ।
“संक्रमणकालीन न्याय तथा द्धन्द व्यावस्थापन” नाम दिईएको गोष्ठिको स्थानीय शान्ति समिती सर्लाहीका अध्यक्ष दिनेश राय यादवले सभापतित्व गर्नु भएको थियो । स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले “द्धन्द व्यायस्थापन”सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको स्थानीय शान्ति समिती सर्लाहीका सचिव नारायण गुर्मछानले जानकारी दिनु भयो ।उहाँका अनुसार जिल्ला अदालत सर्लाहकिा सरकारी वकिल सम्भु गौतमले“संक्रमणकालीन न्याय ” सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठिको स्थानीय शान्ति समिती सर्लाहीका सदस्य विदुर प्याकुरेलले संयोजन गर्नु भएको सचिव गुर्मछानले जानकारी दिनु भयो । कार्यक्रममा लालबन्दी नगरपालीकाका कार्यकारी अधिकृत प्रकास अधिकारी स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय प्रहरी प्रशासन तथा स्थानीय नगरबासीको उल्लेख्यमात्रामा सहभागीता रहेको थियो ।
प्रतिक्रिया