विश्वका ५ चर्चित सेलिव्रेटी, जो सडकबाट आएर करोडपति बने…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १४:२९

जीवनका केही ठुलो हासिल गर्न इच्छाशक्ति हुनु पर्छ, मेहनत, निरन्तरता र लगाव पनि उत्तिकै हुनु पर्छ। पैसा कमाएर शानदार जीवन यापन गर्ने चाहना कस्को हुन्न ? तर केहीले गरेर पनि देखाएका छन । गरेर देखाउनेबाट शिक्षा लिनु पनि उत्तिकै महत्वपुर्ण हुन्छ । जो आकाश छु चाहन्छन् तीनले एक पटक आकाश विचरण गरिसकेका अनुभवका कथा सु्न्नु बुद्धिमानी हुन्छ ।
केही सेलिव्रेटी  जो आज सुपरस्टार छन,जसले निकै संघर्ष गरेर अघि बढेका हुन् । यहाँ सम्म कि उनिहरुसंग बस्नलाइ घर समेत थिएन्। कतिले साथीकहाँ रात बिताएका थिए भने कसैले बगौंचामा सुतेर संघर्ष जारी राखेका थिए। तर आज तिनैसंग करोडौ रुपैया मात्र होइन् संसार भरि नाम र इज्जत पनि छ।

५ सेलिव्रेटी  :-

saharuk khan१.शाहरुख खान
बलिउडका किंग मानिने शाहरुख खानले पनि मुम्बइको सडक र रेलवेको प्लेटफर्ममा रात बिताएका थिए। जब सन १९९१ मा शाहरुख मुम्बइ आएका थिए, त्यतिखेर उनिसंग केही सालीहरुको ढाडस सिवाय केही थिएन्। आज शाहरुख खानसंग अर्बौको सम्पती छ । उनि सयौ करोड भन्दा महंगो मन्नत नामक महलमा बस्ने गरेका छन्।

२.डेलियन क्रेग
संसार आज डेलिनयल क्रेगलाई जेम्स बन्डको नामले चिन्छ तर तीनै बन्ड कुनै बेलासंघ बस्नलाई घर र खानको खान थिएन् । उनि कहिले साथीहरु कहाँ बसेर रात गुजार्थे त कहिले पार्कमा सुतेर रात काट्थै। कयौं फिल्ममा अभिनय पछी उनले सन २००५ मा जेम्स बण्डको रोल पाएका थिए,त्यसपछी उनको जिन्दगी बलदियो। हाल उनिसंग लण्डमा ६० करोडको त घरनै छ।
३.हेल बेरी
अमेरिकी नायीका हेल बेरीकी आमा नर्स र पिता अस्पतालका सामान्य कर्मचारी थिए। उनले १९८९ मा न्युयोर्कमा केही साथीहरुको घरमा बसेर आफ्नो संघर्ष सुरु गरेकी थिइन्। एबिसी ड्रामा सोजमा सफल भएपछी उनले भाग्य फेरिएको थियो। आज उनि नाम सहित करोडौको डलरको सम्पति छ।

४.टेलर पेरी
अमेरिकी कलाकार टेलर पेरी एक पटक टाट पल्टेका थिए । उनले सम्पुर्ण पैसा थिएटर प्रोडक्सनमा लगाएका थिए । तर उनको बिजनेस असफल भयो। उनले कयौं वर्ष आफ्नो कारमामा सुतेर बिताएका थिए। फेरीले फेरी प्रोडक्सन हाउस शुरु गरे। आज उनि २४० करोडको घरमा बस्छन् ।

५. केली क्लार्कसन
अमेरिकी आइडल केली क्लार्कसनसंग पनि बस्नको लागि घर थिएन् । टेक्सासमा उनको अपार्टमेन्टमा आगो लागेपछि उनो लस एन्जेलस आएकी थिइन । लस एन्जेलसमा घर नभएका कारण उनि आफ्नो कारमै सुत्ने गरेकी थिइन्। तर अमेरिकन आइडल बनेपछी आज उनिसंघ करोडौ रुपैया र शान्दार घर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१