जोखिम न्यूनीकरणको तयारी सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १४:२२

चितवन, २० असार । चितवनमा बाढी र पहिरोबाट हुने जोखिम न्यूनीकरणको पूर्व तयारी सुरु भएको छ । जोखिम क्षेत्रको पहिचान गरी समिति र उपसमितिलाई सक्रिय गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताएका छन् । अहिलेसम्म भूकम्पका कारण तयारी प्रभावकारी हुन नसके पनि अब भने विपद् जोखिम न्यूनीकरणको तयारी जिल्ला विपद् व्यवस्थापन समितिले सुरु गरेको जनाएको छ ।

pahiro9विपद् समितिको तथ्याङ्कअनुसार चितवनका १२ वटा क्षेत्र बाढीबाट उच्च जोखिममा छन् । चितवनको कविलास, दिव्यनगर, मेघौली, जगतपुर, बछौली, कठार, कुमरोज, वीरेन्द्रनगर, पिप्ले, भण्डारा, गर्दी र बघौडाका विभिन्न क्षेत्रलाई उच्च जोखिमको क्षेत्रमा राखिएको छ । रत्ननगर नगरपालिकाका केही वडा पनि उच्च जोखिममा छन् । पहाडी गाविसहरु शक्तिखोर, कविलास, दारेचोक, सिद्धि, दाहखानी, काउले, चन्डिभञ्याङ, कोराक र लोथर गाविस पहिरोको जोखिममा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१