मलेसियामा एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १३:५४

Malaysia Skylineमलेसियामा एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यू भएको छ। १२ वर्षदेखि मलेसियामा कार्यरत मोरङको हरैचा ४ घर भएका गोपाल कोराइलाको दुर्घटनामा परि ज्यान गएको हो । शनिवार रातको १२ बजे आफ्नै रेस्टुरेन्टबाट मोटरसाइकलमा बजार जाने क्रममा बिजुलीको पोलमा ठोक्किँदा कोइरालाको ज्यान गएको मृतकका भाइ योगेन्द्र कोइरालाले जानकारी दिनुभएको छ । उहाँका अनुसार घटनापछि तत्त्कालै उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तर अस्पताल लैजाने क्रममै ज्यान गएको हो । उनको शब पोस्टमार्टमका लागि सुल्तान अस्पताल जोहोरमा राखिएको छ। गोपाल जोहोर राज्यको बातुपाहतमा रहेको पिउड फर्निचर कम्पनीमा कार्यरत थिए। कम्पनीले भिसा नलगाइदिएपछि बिगत दुई वर्षदेखि उनी अबैधानिक रुपमा कार्यरत थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१