काठमाडौं, २० असार । गत वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण भग्नावशेषको रुपमा परिणत भएका करिब ९०० वर्ष पुरानो काष्ठमण्डपको पुनःनिर्माण स्थानीय कै नेतृत्वमा शुरु गर्नुपर्ने अभियान चलिरहेको छ। यसैक्रममा शनिबार बिहान ७ः०० बजे काठमाडौं उपत्यकाका सातै विश्वसम्पदा स्थलहरुलाई सञ्जालीकरण गर्न ‘हेरिटेज साइकल राइड टु रिस्टोर एण्ड रिबिल्ड’ भन्ने नाराका साथ सम्पदा साईकल यात्रा कार्यक्रमको शुभारम्भ गरिएको छ।
काष्ठमण्डपको पुनः निर्माणका लागि यस वर्षभित्र विभिन्न कार्यक्रम गरी आर्थिक तथा सामाजिक सहयोग जुटाउने उद्धेश्यले स्थानिय मरु त्वा पुचः टोल सुधार समिती लगायत दर्जनौ स्थानिय क्लब समितीहरुको अगुवाई एवं टूर दि लुम्बिनी, काठमाण्डौ महानगरकालिका–सम्पदा तथा पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, साईकल सिटी नेटवर्क एवं विभिन्न सघंसंस्थाहरुसगँको सहकार्यमा यस कार्यक्रमको आयोजना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय कृपासुर शेर्पाबाट उद्घाटन गरिएको यस कार्यक्रममा मुख्य सचिव लीलामणि पौडयाल, काठमाडौं उपत्यका संरक्षण कोषका कनकमणि दीक्षित, टुर डे लुम्बिनीका मेघ आले, विश्व साईकल यात्री पुष्कर शाह, वातावरणविद् भुषण तुलाधर, नेपाल पर्यटन वोर्डका प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, पर्यटन व्यवसायी भरत बस्नेत, काठमाडौं महानगरपालिकाका नारायण बावु भट्टराई, नरेन्द्र विलास बज्राचार्य तथा श्रृजु प्रधानको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया