जमिनबाट आगो निस्किएपछि भनियो -‘यहि हो नर्क जाने बाटो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १२:३४

चीनको दक्षिणी राज्य झिनझियांगको एउटा पहाडी गाउँको जमीनमा बनेको एउटा रहस्यमयी प्वाल गाउँलेहरुका लागि डरको कारण बनेको छ । जमीनमा बनेको यो सानो प्वालबाट भीषण आगो फुकेको जस्तो आइरहेको छ । धेरैजसो व्यक्तिहरुले यस प्वाललाई डरलाग्दो नर्क जाने प्वालसम्म भनिरहेका छन् ।
आगो फुक्ने यो ३ फुटको प्वाल हालै फेला परेको हो जुन अब एउटा रहस्य बनिसकेको छ । जब यो प्वालबाट निक्लेको आगोको तापक्रम नापियो त सबैको होश उडेको थियो । किनकी २ मिटर टाढाबाट नाप्दा नै यो आगोको तापक्रम ७९२ डिग्री सेल्सियस छ ।
aagoयो घटनालाई लिएर चीनीयाँ वैज्ञानिकहरु पनि हैरान भए । किनकी यो इलाकामा आगो फुक्ने प्वाल बनेको छ तर यो ज्वालामुखीको आगो भने होइन । त्यहीँ गाउँलेहरुले यो देख्नुभन्दा पहिले यो इलाकाको जमिन एकदम तातो भएको महसूस गरेका थिए । शिजिँयाङ्ग मेरियन जियोलोजिकल ब्यूरोका एक्स्पर्टहरुको भनाइअनुसार यो ठाउँको मुनि कोइलाको पत्रहरु हुन सक्नेछ जसमा आफैँ आगो लागेर यस्तो भएको हुन सक्छ । आगोका कारण जमिनका पत्र डढेर यो प्वाल बनेको हुन सक्छ । एक्स्पर्टहरुका भनाइअनुसार यो इलाका कोइला खन्ने इलाका हो । जहाँबाट १९७० ताका कोइला निकालिन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१