नेपाल टी–ट्वेन्टी विश्व वरीयतामा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १२:२९

नेपाल टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटको विश्व वरीयतामा परेको छ । नेदरल्याण्ड्स विरुद्धको चार खेलको टी–ट्वेन्टी श्रृंखला खेलेपछि नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्व वरियता प्रदान गरेको हो । विश्व वरीयतामा प्रवेश गर्न कुनैपनि टोलीले कम्तिमा ८ वटा टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको हुनु पर्ने प्राबधान छ । नेपालले अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न विश्वकप क्रिकेटमा तीन खेल खेलेको थियो । त्यसपछि श्रीलंकामा हङकङविरुद्ध एक खेल खेलेको नेपालले नेदरल्याण्ड्सविरुद्धको चार खेलको श्रृंखला खेलेपछि पहिलो पटक वरीयतामा सेमिटन योग्य भएको हो । टी–ट्वेन्टी अन्तर्राष्ट्रियको सुरुवाती ८ खेलमध्ये नेपाल तीनमा विजयी भएको छ भने ५ खेलमा पराजित भएको छ ।
nepali-criceterयसैबीच, नेदरल्याण्डस् विरुद्धको टी–ट्वान्टी म्याचमा नेपालले सान्त्वना जित हात पारेको छ । चौथो तथा अन्तिम खेलमा खेल तीन विकेटले आफ्नो पक्षमा पार्दै सान्त्वना जित हात पारेको हो । गएराती सम्पन्न खेलमा पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले ७ विकेट गुमाएर १ सय ३९ रन बनायो ।जवाफमा १ सय ४० रनको लक्ष्य पाएको नेपालले खेलमा दुई बल खेल्न बाँकी छँदा जित हात पा¥यो ।
नेपालका लागि कप्तान पारस खड्काले ५४ रन तथा ज्ञानेन्द्र मल्ले १८ रन जोडे । यस्तै विनोद भण्डारीले १३ र शरद भेस्वाकरले १२ रनको योगदान गरे । अन्य व्याट्सम्यानहरुले भने दोहोरो अंक बनाउन सकेनन् । अन्तिम ओभरको चौथो बलमा सोमपाल कामीले चौका प्रहार गर्दै टोलीको जित निश्चित गरेका हुन् । जितसँगै नेपालले नेदरल्याण्ड् विरुद्धको ४ खेलको श्रृंखला ३–१ ले गुमाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१