एप्पलका प्रशिक्षार्थीको तलब ८० हजार डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १२:१६

एजेन्सी । एप्पलले आफ्नो कम्पनीमा प्रशिक्षार्थीका रुपमा आउने कर्मचारीलाई राम्रो तलब दिने गरेको एक रिर्पोटले देखाएको छ । बिजनेस इनसाइडरले जारी गरेको नयाँ रिपोर्ट अनुसार एप्पलले आफ्नो कम्पनीमा प्रशिक्षार्थीको रुपमा आउने कर्मचारीलाई महिनाको सात हजार अमेरिकी डलर तलब दिने गरेको छ । एप्पलमा प्रशिक्षार्थीको रुपमा काम गर्नेले वर्षको ८० हजार डलर भन्दा धेरै कमाई गर्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
Appleप्रशिक्षार्थी कामदारका लागि आवेदन दिनले अन्तर्वाताको प्रक्रिया पूरा गरेर प्रशिक्षार्थी कर्मचारीको रुपमा छानिएमा एप्पलले उनीहरुका काम हेर्ने तथा उनीहरुको विचार सुन्ने गरेको छ । यस्ता प्रशिक्षार्थी कर्मचारीले एप्पलको कम्पनी भित्रै बसेर काम गर्नुपर्छ । एप्पलले अन्य प्रतिष्पर्धी कम्पनीले भन्दा आफ्ना प्रशिक्षार्थी कर्मचारीलाई दिने सेवा सुविधा भन्दा राम्रो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१