चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १०:३५

अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा हराउँदै चिलीले पहिलो पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। घरेलु मैदान र दर्शकको ठूलो साथ पाएको आयोजक चिलीले आइतवार विहान सान्टियागो रंगशालामा भएको खेलमा लियोनल मेसीको कप्तानीमा मैदान ओर्लिएको अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
निर्धारित ९० मिनेट र थपिएको अतिरित्त ३० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि उपाधिको चिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुट आउटमा चिलीका माटिस फेर्नान्डेज, कार्लोस, भिडाल र एलेक्स सान्जेजले गोल गरे भने अर्जेन्टिनाका लागि लियोनल मेसीलेमात्रै गोल गर्न सफल भए। अर्जेन्टिनाका गोन्जाले हिगुइनको बल आकासियो भने एभर बानेगाले प्रहार गरेको बल चिलीका गोल रक्षक ब्राभोले रोकेका थिए।
chillaयो जितसँगै चिलीले सन् १९५५ मा आफ्नै घरेलु मैदानमा भएको कोपा अमेरिका कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग व्यहोरेको हारको बदला समेत लिएको छ। यसअघि चिली पाँच पटक कोपा अमेरिका फुटबलको फाइनलमा पुगेपनि उपाधि आफ्नो पक्षमा पार्न सकेको थिएन।
चिली आफ्नो छैठौँ प्रयासमा भने उपाधि भित्र्याउन सफल भयो। यो हारसँगै २२ वर्षे उपाधिको खडेरी अन्त्य गर्ने अर्जेन्टिनाको सपना तुहियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१