बलिउडकी सय करोड क्लबकी रानी करिना कपुर अब फेरी सेक्स वर्करको भूमिकामा देखिने भएकी छन्। उनले यस भन्दा अगाडी चलचित्र चमेली र तलासमा सेक्स वर्करको भूमिकामा देखिएकी थिइन र फेरी उनी अर्को नयाँ चलचित्रमा सेक्स वर्करको भूमिकामा देखिन लागेकी हुन् । राजकुमार गुप्ताको नयाँ चलचित्रका लागि करिना पक्का भइसकेको र चलचित्रमा करिना सेक्स वर्करको भुमिकामा देखिने गुप्ताले जानकारी दिए । भारतीय मिडियाहरुले बताए अनुसार चलचित्रको भूमिकालाई लिएर करिना निकै उत्साही भएकी छिन् । करिनाका लागि यो चलचित्र विशेष हुने अपेक्षा गरिएको छ। चलचित्रको छायांकन चाँडै सुरु हुने बताइएको छ। हाल करिना चलचित्र बजरंगी भाईजानको प्रमोशनमा व्यस्त छिन् ।
प्रतिक्रिया