क्यालिफोनिया । विनाशकारी भूकम्पले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको अबस्थामा त्यसको पुनरुत्थान गर्ने उदेश्यले अमेरिकाको क्यालिफोनियामा आयोजना गरिएको नेपाल डे २०१५ कार्यक्रम सम्पन्न भएको छ । नेपालीज एण्ड फ्रेन्ड्स कल्चरल एसोसियसन (NAFCA) क्यालिफोनियाको डेभिस शहरको भिटरन मेमोरियल सेन्टरमा शुक्रवार साझ अबेर सम्म भएको कार्यक्रममा कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने ब्यबसायीले नेपालका हस्तकला समानको प्रदर्शन गरी नेपाल प्रर्बद्धन गरेका थिए ।
क्यालिफोनियामा भएको उक्त कार्यक्रममा गायक हिमाल सागरले आफ्ना चर्चित गीत मार्फत दर्शकलाई नचाएका थिए भने नायिका नन्दिता केसीले नृत्य प्रस्तुत गरी अमेरिकामा बसोवास गरिरहेका नेपालीको मन जितेका थिए ।
हिमाल सागरको तीन ढिक्के फुली… गीतले क्यालिफोनियाको तातो हावालाई थप तताएका थियो । सो अबसरमा नाफ्का अध्यक्ष सुरेन्द« अधिकारी र कार्यक्रम संयोजक उद्धव गीरिले कार्यक्रम सफतापूर्वक सम्पन्न भएको र भविष्यमा पनि नेपाल प्रबद्र्धनका कार्यक्रम गर्दै लैजाने जानकारी दिनुभयो । कार्यक्रममा क्यालिफोनियामा बसोवास गर्ने करिब दुई सय भन्दा बढी नेपालीको सहभागिता रहेका थियो ।
सन्जोग आचार्य
प्रतिक्रिया