एसएलसीमा जिल्ला प्रथम हुनेको हाडबाजी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १०:१७

एस.पी.गौरब
सर्लाही, २० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सर्लाहीको शनिबार सचिवालय बैठक सम्पन्न भएको छ । हरिवन नगरपालीका वडा नं. ११ मा रहेको नेकपा एमालेको पार्टी कार्यलयमा भएको बैठकले २०७१ सालको एसएलसी परिक्षामा जिल्ला प्रथम हुने एकएक जना छात्र तथा छात्रालाई साथै निजी विद्यालयबाट १÷१ जना छात्र तथा छात्रा र सरकारी विद्यालयबाट १÷१ जना छात्र तथा छात्रालाई सम्मान गर्ने निर्णय गरेको अनेरास्ववियु सर्लाहीका सचिव प्रज्वल ढुँगानाले जानकारी दिनु भयो । अनेरास्ववियु सर्लाहीका अध्यक्ष उज्जल कार्कीको अध्यक्षमा बसेको बैठकले असार २९ गते अनेरास्ववियुले एसएलसी सम्मान कार्यक्रम गर्ने भएको छ । तर एसएलसी परिक्षाको नतिजा आएको लामो समय भई सक्दा पनि जिल्ला शिक्षा कार्यलय सर्लाहीसँग सर्लाहीबाट जिल्ला प्रथम को भयो ? कहाँको भयो ? भन्ने विवरण समेत छैन । जसका कारण सर्लाहीमा जिल्ला प्रथम भएको दावी गर्नेहरुको लर्काे बढेको छ ।

slc3सो सम्बन्धमा जिल्ला शिक्षा अधिकारी बद्रीनारायण शर्मासंग बुझ्न खोज्दा आफुलाई थाहा नभएको बताएको अनेरास्ववियु सर्लाहीका सचिव ढँुगानाले जानकारी दिनु भयो । जिल्ला शिक्षा कार्यलयसँग एसएलसीको कुनै पनि विवरण नभएका कारण सर्लाहीका विद्यार्थीको भविष्यमाथी जिल्ला शिक्षा कार्यलय सर्लाहीले ठुलो खेलवाड गरेको अभिभावकको गुनासो रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१