राससका पाठकलाई सुगंगा पुरस्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १०:०४

नारायण रिजाल,
बागलुङ,२० असार । सुगंगा स्मृति कोष बागलुङले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको सुगंगा पुरस्कार राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठकलाई प्रदान गरेको छ । बागलुङका अग्रज पत्रकार विदुर खड्काले आफ्ना स्वर्गीय आमा सुमित्रा खड्का र उनिकी धर्मपत्नी गंगाको संझनामा स्थापना गरेको स्मृति कोषले यस वर्ष पत्रकार पाठकलाई पुरस्कृत गरेको हो ।
जिल्लाको अमलाचौर गा.वि.स.मा जन्मी काठमाण्डौमा कार्यक्षेत्र बनाएका पाठक २०५१ सालदेखि पत्रकारिताको सुरुआत गरेका थिए । आम संंचार र पत्रकारितामा स्नाकोत्तर गरेका पाठकले सुचना संघर्ष राससको ईतिहास र सुचनाको हक प्राप्ती र प्रयोग सम्बन्धि पुस्तकहरु प्रकाशन गरेका छन । पत्रकार पाठक राष्ट्रिय समचार समितिकोे कार्यकारी सम्पादकको अवला काठमाण्डौंका विभिन्न क्याम्पसहरुमा पत्रकारिता विषयमा अध्यापन गराउँदै आएका छन ।

samma २ लाखको अक्षयकोष रहेको स्मृति कोषले समाजमा विविध विधामा कृयाशिल व्यक्तिव्यलाई सुगंगा पुरस्कार र सुगंगा सम्मान प्रदान गदै आएको छ । नगद २५ हजार ५ रुपैया प्रमाणपत्र सहित पाठकलाई पुरस्कृत गरिएको थियो । साथै सुगंगा सम्मान बागलुङका समाजसेवी शक्तीबहादुर खड्कालाई गरिएको थियो । सुगंगा स्मृति पुरस्कार यस अघि एविसी टेलिभिजनका प्रवन्ध निर्देशक शुभशंकर कडेल, बागलुङका समाजसेवी देवबहादुर श्रेष्ठ, बरिष्ठ लोकगायक खड्ग गर्बुजा, समाजसेवी भोलाप्रसाद लम्साल र म्यागेसेस पुरस्कार विजेता महाविरि पुन लाई प्रदान गरी सकेको छ । कार्यक्रमा पुरस्कारबाट पुरस्कृत तथा सम्मानित व्यक्ति एकराज पाठकले यसरी आफु सम्मानित हुन पाएकोमा ठुलो प्रेरणा मिलेको बताए । उनले आफुले पाएको २५ हजार ५ रुपैया खर्च नगरि आफनी दिदीको स्मृतिमा कौसीला स्मृति कोष स्थापना गर्ने घोषणा समेत गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१