एस.पी.गौरब,
सर्लाही२० असार । वाल विकास सहयोगी कर्ताहरुले सर्लाहीमा आज संघर्ष समितीको गठन गरेका छन । सर्लाही जिल्ला भरमा काम गर्ने वाल विकास सहयोगी कर्ताहरुले आफ्नो तलब कम भएको भन्दै तलब बढाउन दवाव दिने उद्देश्यका साथ लक्ष्मी ढकालको नेतृत्वमा ३५ सदस्य संघर्ष समितीकोे गठन गरेका हुन । बिहीबार र शुक्रबार गरि सर्लाही जिल्लाभरीका वाल विकास सहयोगी कर्ताहरुको उपस्थितीमा अभियानात्मक रुपमा आन्दोलन समितीको गठन गरिएको अभियानकी एक सदस्य अनिसा कार्कीले जानकारी दिनु भयो । आफ्नो तलब बढाउन देश व्यापी रुपमा दवाव दिने योजनाका साथ पहिलो चरणमा असार मसान्त भित्रै जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र बुझाउने र त्यसलाई वेवास्था गरिएमा दोस्रो चरणमा देश व्यापी आन्दोलन गर्ने कार्कीले बताउनु भयो । ज्ञापन पत्र देश व्यापी रुपमा एकै दिन बुझाउने तयारी भएको समेत उहाँले जानकारी दिनु भयो ।
प्रतिक्रिया