यी हुन् मानव गुडिया, युवकसँग डेटिङमा जाँदा आमालाई पनि लैजानुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७२, शनिबार ०७:३२

रुसको मस्कोमा एकजना यस्ती युवतीको अहिले चर्चा छ जसलाई उनका अभिभावकहरुले गुडिया जस्तै गरी पालिरहेका छन् । २६ वर्षकी एन्जेलिका केनोभाले कुन कपडा लगाउने भन्ने कुरा पनि उनका बाबु आमाले छनोट गर्छन् र उनलाई आफ्नो ब्वायफ्रेण्ड बनाउने छुट पनि छैन ।गुडियाजस्तै गरी पालिएकी एन्जेलिकालाई ह्युमन बार्बी भन्न थालिएको छ र उनको इन्टरनेटमा निकै चर्चा हुन थालेको छ । यी गुडिया युवतीलाई एक्लै घरबाट निस्किन समेत छुट छैन ।
जिउडाल पनि गुडियाजस्तै रहेकी यी ३८ किलोकी युवतीले आफुले कस्मेटिक सर्जरी गराएको नभै प्राकृतिक रुपमै आफ्नो जिउडाल यस्तो रहेको दाबी गर्छिन् । यी युवतीको फिगरलाई दुरुस्त राख्नका लागि घरमै एकजना निजि ट्रेनर राखिदिएका छन् उनका बाउआमाले ।बच्चादेखि नै उनलाई गुडियाजस्तै गरी स्यायार सुसारका साथ पालिएको छ । अहिले ती युवतीले मोडलिङलाई आफ्नो पेशा बनाएकी छिन् । तरपनि आफ्ना बाबु आमाको नियन्त्रण र निर्देशन बमोजिम मात्र उनले मोडलिङ गर्छिन् ।
 कुनै युवकसँग डेटिङ जाने मन लाग्यो भने पनि उनलाई एक्लै जाने छुट छैन । छोरी डेटिङ जाँदा उनकी आमा नतालियालाई पनि सँगै लैजानु पर्छ ।‘म हुर्किरहेकी छु र मेरा बुवाआमाले राजकुमारी जस्तै गरी मलाई हुर्काउनुभएको छ र मलाई एक्लै बाहिर जान, कुनै युवकसँग डेटिङ गर्न र कुनै वयस्क अनुभवहरु लिन छुट दिनुभएको छैन’, उनी भन्छिन्, ‘फलस्वरुप म वास्तविक जिवनका लागि योग्य भइन, म ज्युँदो खेलौना जस्तो भएकी छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१