संघर्षशिल व्यक्तित्व निरध्वज लामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १५:२४

आजभन्दा ५३ वर्ष अगाडि काभ्रेमा जन्मिेका नीरध्वज लामा पर्यटन क्षेत्रमा एक परिपक्व व्यवसायीको रुपमा लिन सकिन्छ । विगत दुई दशक भन्दा बढी समयदेखि प्रत्यक्ष रुपमा पर्यटनसँग जोडिएका पर्यटन क्षेत्रमा ‘शून्य लेवल’ अर्थात् पोर्टरदेखि संघर्ष सुरु गर्दै कम्पनी मालिक सम्म भएका छन् । उनले वि.स. २०६६ मा हिमाल स्पेस्लाईज्ड ट्रेकिङ स्थापना गरी पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । लामा अंग्रेजी भाषामा दख्खल राख्छन् ।
2  व्यवसायीक यात्रा र जीवन भोगाईका क्रममा विभिन्न उतारचडावहरु पार गरेका छन्, लामाले । आजभन्दा दुई दशकअगाडी देखि उहाँ प्रत्यक्ष रुपमा पर्यटनमा आवद्ध छन् । ‘मैले वि.स. २०५२ देखि निरन्तर पर्यटन क्षेत्रमा आवद्ध छु ।’, आफ्नो सुरुवाती क्षण स्मरण गर्दै लामा भन्छन्, ‘काभ्रेबाट काठमाडौँ आई कुनै ट्रेकिङ कम्पनीमा जागिरको रुपमा काम सुरु गरेको थिएँ, मैले ।’ रोजगारीको क्रममा लामाले ५ वर्ष पोर्टर र वि.स.२०५७ देखि २०६२ सम्म गाईडको रुपमा काम गरेका थिए । ‘ २०६२ सालदेखि पार्टनरसिपमा एकजना साथीसँग मिलेर एक ट्रेकिङ कम्पनी सञ्चालन ग¥यौँ ।’ लामा भन्छन्, ‘तर, हाम्रो सहकार्य लामो समय टिकेन पाँच वर्षपछाडि मैले सो कम्पनी छाडेँ ।’ त्यसपछि लामा आफैँले हिमाल स्पेस्लाइज्ड ट्रेकिङ नामको कम्पनी खोलेर चलाउन थाले । ‘अहिले यहि कम्पनी चलाउँदै आइरहेको छु ।’, उनी भन्छन् ।
लामा जतिवेला पर्यटन क्षेत्रमा आवद्ध रहे, त्यो समय द्धन्द्धको उषाकालको समय थियो । पर्यटन क्षेत्रमात्र नभएर समग्र मुलुककै सबै क्षेत्रमा एउटा अस्तव्यस्तताको अवधि थियो, त्यो । त्यसअवधिमा नेपाली पर्यटन क्षेत्रले अपुरणीय क्षति व्यहो¥यो । ‘यी सबैको साक्षी रहेको हिसावले नेपालकै इतिहासमा द्धन्दको यो अवधि पर्यटनका लागि सबैभन्दा कठिन रहेको मैले अनुभव गरेँ ।’ द्धन्दको अन्त्यपश्चात नेपालको पर्यटनले गति लिन सुरु गरेको बताउने लामा भन्छन्, ‘पर्यटन क्षेत्रमा आजपर्यन्त जति विकास भएको छ, त्यो यहि शान्तिकालमा भएको हो । व्यक्तिगत हिसाबले मैले पनि यहि अवधिमा हिँडन सुरु गरेको हुँ ।’ उनी थप्छन् ‘अतः म पर्यटन क्षेत्रमा आवद्ध भएको अवधि पर्यटनका लागि एक ऐतिहासिक समय थियो ।’
1तर, बैशाख १२ गतेको विनासकारी भूकम्प पश्चात अहिले पुनः एकखाले संकट देखिएको छ । पछिल्लो समय सुदृढ बन्दै गएको नेपाली पर्यटन विनासकारी भूकम्पले एकाएक तहसनहस भएको छ । यसप्रति लामाको टीप्पणी छ–‘हाम्रा केही सम्पदा, केही पर्यटकीय रुटहरु भत्केका छन्, भौतिक र मानवीय क्षति भएका छन् । तर, हामी पुरै सकिसकेका छैनौँ ।’ भूकम्पपश्चात स्वात्तै घटेको पर्यटन प्रवद्र्धनका लागि नेपाल सुरक्षित भएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय रुपमा फैलाएर नेपाल आउन प्रोत्साहित गर्नुपर्ने उनको तर्क छ । ‘हाम्रा सम्पदा प्रचारमा आएजस्तोगरी भत्किएका छैनन्, हामीसँग थुप्रै सम्पदाहरु अझै पनि जिवितै छन् भनेर सन्देश दिनु जरुरी छ ।’ लामा भन्छन्, ‘ सकारात्मक प्रचारसँगै नयाँ पूर्वाधार निर्माण, नवनिर्माण र पुर्ननिर्माणलाई पनि सँगै अगाडि बढाउनुपर्छ ।’ यसका लागि सबै पक्ष र निकाय एकिकृत रुपमा अघि बढनुपर्ने उनको धारणा छ ।
अहिलेको सबैभन्दा ठूलो चुनौती भनेकै अनावश्यक रुपमा फैलिएका गलत प्रचार रोकी सही र तथ्यपरक सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्नु हो । भूकम्पको क्षति भन्दा पनि गलत प्रचारका कारण पर्यटक आगमन रोकिएको हो भन्ने भन्ने उनको बुझाई छ । ‘तसर्थ नेपालको बारेमा सही सन्देशमात्रै फैलाउने हो भने पहिलेकै मात्रामा पर्यटक यहाँ आउन सक्छन् ।’, लामा भन्छन् । पर्यटन प्रवद्धनका लागि सरकार नै अघि बढनुपर्ने भन्दै सबै पर्यटकीय संस्था र व्यवसायीहरुले यसमा साथ दिनुपर्ने लामाको मत छ । ‘सरकारले विभिन्न विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरुलाई नेपाल ल्याएर यहाँको बस्तुस्थितिको बारेमा प्रत्यक्ष जानकारी गराएर हुन्छ कि भिसा प्रकृया सहज बनाएर, छुट तथा सहुलियत दिएर हुन्छ, वा दुतावासमार्फत कुटनीतिक तवरले नेपाल सुरक्षित छ भनेर सम्बन्धित मुलुकहरुलाई सो देशका नागरिकलाई नेपाल घुम्न जान आग्रह गरेरलगायत विभिन्न माध्यमबाट नेपाल आउन पर्यटकहरुलाई उत्प्रेरित गर्न सक्छ ।’ यसबाहेक ट्राभल एडभाईजरीमा नेपालबारे राखिएको नकारात्मक प्रचारात्मक सामग्री हटाउनु पनि अहिलेको पहिलो आवश्यकता रहेको उनले बताए ।
आगामी पर्यटकीय सिजनमा नै नेपालको पर्यटनलाई पहिलाकै स्वरुपमा ल्याउन नसक्ने तर यसका लागि सक्दो प्रयास भने गर्नुपर्ने लामाको विचार छ । ‘सरकार, पर्यटकीय संघसंस्था, व्यवसायीलगायत सबै एक भएर लाग्यौँ भने आउँदो दुई÷तीन वर्षमा नेपाली पर्यटनलाई पहिलाको भन्दा समृद्ध बनाउने कुरा चाँहि असम्भव छैन ।’, लामा भन्नुहुन्छ ।
3उसो त पर्यटन प्रवद्धनका लागि आफुलगायत पर्यटन व्यवसायीहरु आ–आफ्नो ठाउँबाट पहलकदमी गरिरहेको लामा बताउँछन्, ‘व्यक्तिगत र संस्थागत रुपमा हामी पर्यटन व्यवसायीहरु काम गरि नै रहेका छौँ ।’
तथापि पर्यटन पुनरुत्थानका लागि विमानस्थलको अवस्थालाई उनी ठूलो चुनौतिको विषय मान्छन् । ‘भएको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था चिन्ताजनक छ ।’ उनी सुझाउँछन्, ‘यसको विच सरकारले अव निर्माणाधिन निजगढ विमानस्थललाई सक्दो चाँडो पूरा गर्नुपर्छ । साथै त्रिभुवन विमानस्थलको स्तरोन्नतीका लागि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।’
पर्यटन बाहेक समाजसेवामा पनि लामा सक्रिय छन् । ‘म आफुलाई त्यत्ति ठूलो समाज सेवा गरेको छु जस्तो त लाग्दैन ।’ उनी भन्छन्, ‘तथापि मेरो क्षमता र व्यवसायीक स्रोतले धानेसम्म समाजसेवा गर्दै आएको छु ।’ आफ्नो समाजीक कर्मबारे लामा भन्छन्, ‘काभ्रेको रोसी खोला पारी एक माध्यामिक स्कुलको निर्माण गरेको थिएँ, वि.स. २०६८ सालमा, एक जर्मन पर्यटकसँग मिलेर ।’ उसो मंगलबारमात्रै उनले नुवाकोटको तारुकाका भूकम्प पीडित स्थानियहरुलाई ५० बन्डल जस्ता वितरण गरेका छन् ।
यो बाहेक उनले हाल काठमाडौँकै जोरपाटीमा लाइन्स क्लवमा आवद्ध रहेर गरिव र जेहेन्दार विद्यार्थीहरुको लागि सामाजिक कामहरु गरिरहेका छन् । त्यस्तै पछिल्लो समय महाविनासकारी भूकम्पबाट प्रभावित नुवाकोट र काभ्रेका विभिन्न ठाउँहरुमा पीडितहरुलाई खाद्य तथा आवासका विभिन्न सामग्रीहरु वितरण गरिसकेका छन् । यस्तै भविष्यमा पनि समाजसेवाको कर्ममा आफुलाई समर्पित गर्ने योजना छ, लामाको ।
4लामो समय देखि पर्यटनको उकाली–ओराली चढेका लामा भूकम्पको क्षतिलाई एउटा अवसरको रुपमा लिन्छन् । ‘यो चुनौतीलाई अवसरको रुपमा ग्रहण जतिसक्दो चाँडो आउँदो दुई÷तीन वर्षभित्रमा नेपालको पर्यटनलाई पहिलेकै अवस्थामा ल्याउनेगरी सबै लाग्नुपर्छ ।’ पर्यटनमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा एक गम्भिर चुनौती रहेको भन्दै पर्यटनलाई राजनीति मूक्त बनाउनुपर्ने उहाँको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१