बिनापारिश्रमिक क्याम्पस पढाउँदै प्राध्यापक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १२:०१

मोरङ, १७ असार । विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षकरप्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहेका छन् । बेलबारी–३ का समाजसेवी ५० वर्षीय राजकुमार लिम्बूले बेलबारी क्याम्पसमा २०६८ सालदेखि बिनापारिश्रमिक पढाइरहेका हुन् । क्याम्पस प्रशासनले पटकपटक पढाएको पारिश्रमिक लिन आग्रह गर्दा पनि प्राध्यापक लिम्बूले पारिश्रमिक लिन चाहेका छैनन् । अर्थशास्त्र विषयका प्राध्यापक लिम्बूले आफू समाजसेवी भएकाले क्याम्पसमा पढाएको पैसा लिनुभन्दा बरु आर्थिक अवस्था कमजोर भएको क्याम्पसलाई नै सहयोग पुगोस् भनेर पारिश्रमिक नलिएको बताउँछन् । उनले क्याम्पसमा पढाउन्जेल आफूले कुनै पारिश्रमिक नलिने घोषणा पनि गरेका छन् ।

teacher-0धनकुटाको मौनाबुधुकबाट एसएलसी उत्तीर्ण गरी वैदेशिक रोजगारमा झन्डै दश वर्ष जापानमा बिताएका लिम्बूले फर्केर आएपछि ३७ वर्षको उमेरमा मात्र क्याम्पस पढ्न थालेका हुन् । अर्थशास्त्रमा एमए गरेपछि उनले बेलबारी क्याम्पसमा बिनापारिश्रमिक पढाउन थालेका हुन् । समाजसेवा भनेपछि हुरुक्क हुने प्राध्यापक लिम्बू नेपाली काँग्रेस बेलबारी नगर सभापति र लायन्स क्लब बेलाबारीका अध्यक्ष, बेलबारी क्याम्पस सञ्चालक समिति सदस्य तथा बेलबारीस्थित बेतना एफएम रेडियोका अध्यक्ष पनि हुन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१