६० करोड सामसुङ मोबाइल ह्याक हुनसक्ने !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १२:००

सामसुङ मोबाइल प्रयोग गर्नुहुन्छ ? सचेत रहनुस्, केही दिनभित्रै तपाईंले ठूलै समस्याको सामना गर्नु पर्नसक्छ । एक रिपोर्टका अनुसार सामसुङ ‘एन्ड्रोइड किबोर्ड’ एप्समा बग आएको छ । जसका कारण ६० करोड सामसुङ मोबाइल एकैपटक ह्याकरहरुको नियन्त्रणमा पुग्न सक्छन् ।

यो सेक्युरिटी बग एन्ड्रोइड बिल्ट इन किबोर्डको अपडेटको माध्यमबाट आएको हो । यो कुनै आम अपडेटजस्तो लाग्छ । जुन ६० करोड सामसुङ ह्याण्डसेटमा पहिले देखि नै इन्स्टल्ड छ ।

किन ठूलो खतरा ?
मोबाइल सेक्युरिटी कम्पनी ‘NowSecure’का अनुसार यो बग निकै खतरनाक छ । किनकी यसको नियन्त्रणबाट मुक्ति पाउन प्रयोगकर्ताहरुले केही गर्नै सक्दैनन् । यो एप्स मोबाइलमा पहिलेदेखि नै इन्स्टल्ड छ, यसलाई अनस्टल गर्नसमेत मिल्दैन ।

samsungके हो बग ?
सफ्टवेर बग कुनै इरर, फेलियर मेसेज या फल्टजस्तै हो, जसका कारण सफ्टवेरले सही ढंगले काम गर्न सक्दैन । यदि कुनै सफ्टवेरमा बग छ भने, त्यसले ठिक ढंगले काम गर्न छोड्छ ।

कुन कुन मोबाइल बढी एफेक्टेड ?
यस बगका कारण सामसुङको ग्यालेक्सी S6, S5, S4 तथा S4 Mini सहित सबै सामसुङ मोबाइल एफेक्टेड हुनेछन् । यद्यपी सामसुङले यस समस्याबाट मुक्ति पाउनका लागि काम गरिरहेको छ । कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सामसुङले स्विफ्ट कम्पनीसँग मिलेर काम गरिरहेको छ, ताकि छिटो भन्दा छिटो यस समस्याबाट मुक्ति पाउन सकियोस् ।

मोबाइल डिभाइसको डिटेल्स चोरी हुने खतरा !
यस सेक्युरिटी बगका कारण प्रयोगकर्ताले आफ्नो सामसुङ मोबाइलमा सेभ गरेको बैंक अकाउण्ट डिटेल्स, क्रेडिक कार्ड नम्बरसहित पर्सनल डिटेल्स चोरी हुने खतरा छ । यसका अलावा ईमेल पासवर्ड क्लू पनि चोरी हुनसक्छ । नाउ सेक्योरको रिपोर्ट अनुसार तपाईंको नजिक कोही ह्याकर छ भने, उसले सजिलै तपाईंको कुनै पनि जानकारी चोर्न सक्छ । सामसुङलाई यसबारे गत डिसेम्बरमा नै सूचना दिइसकिएको उसको दावी छ ।

कसरी बच्ने ?
नाउ सेक्योरका अनुार यस बगबाट बच्नका लागि तपाई इन्सेक्योर वाईफाई नेटवर्कबाट टाढा रहनुस् । यसका अलावा आफ्नो मोबाइलमा स्विफ्टको एप प्रयोग नगर्नुस् । यति गर्दा पनि तपाईं पूर्ण सुरक्षित भने हुनुहुन्न । ह्याकरसाग तपाईंको मोबाइललाई ह्याक गर्ने अप्सन अझै बाँकी रहने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१