बुझौं, बाराक ओबामाले चड्ने गाडीको १० विशेषता !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १०:५९

अमेरिकाका राष्ट्रपति बाराक ओबामा भनेपछि सायद नचिन्ने र नजान्ने कोहि पनि छैंनन् होला । उनी विश्वका नै चर्चित व्यक्ति हुन् । उनले खाएको देखी हिडेको सम्म विश्वमा नै समाचार बन्छ । उनको जीवन शैली हामीले सोचेको भन्दा धेरै फरक छ । उनी कुनै कार्यक्रममा सहभागी हुन जादाँ उनको सुरक्षाका लागि मात्र १२ सय भन्दा बढि शैनिक परिचालन छन् । उनी आफुलाई असुरक्षित महशुस गरेको ठाँउमा जाने गर्दैनन् । त्यति मात्र होइन उनले चड्ने गाडीको बारेमा तपाईले थाहा पाउँनु भयो भने अचिम्मत पर्नुहुनेछ । किनकी उनले चड्ने गाडीमा घरमा जस्तैं सुविधा छ ।

जानौं अमेरिकाका राष्ट्रपति बाराक ओबामाले चड्ने गाडीको बारेमा !

१. झ्याल

बाराक ओबामाको कारको झ्यालको सिसाको ग्लास ५, ६ इन्च बाक्लो तथा बमले पनि हानि नपुग्ने खालको छ । उनको त्यो ग्लास खोल्न मिल्दैन ड्राइभरको झ्याल मात्र खोल्न मिल्दछ । जुन २.७५ इन्चमात्र खुल्छ । जसको सहायतामा उसले बाहिर रहेको सिक्रेट एजेन्ट संग बात गर्न सकुन् ।

२. ढोका

आठ इन्च मोटा ढोकाको तौल बोइङ जहाज ७५७ को ढोका बरावरको छ । यो ढोका स्टीलको यस्तो पाताले बनेको छ जसका कारण यो गाडी बुलेट प्रुफ छ ।

barak ovama३.पाहुना कक्ष

कारमा जहाँ ओवामा वस्छन् त्यहा अतिथि सहित ४ जना बस्न सक्ने व्यवस्था छ । जहाँ सिसाको पार्टेसन गरिएको छ । यदि कुनै खतरा भएमा उनले एक बटन दवाएमा सुरक्षा अधिकारी संग कुरा गर्न सक्ने छन् । उक्त गाडीमा वाईपाmइको व्यवस्था गरिएको छ । उनले आवस्यक परे कारबाट पेन्टागन तथा उपराष्ट्रपति संग सिधै सम्पर्क गर्न सक्ने व्यवस्था छ ।

४. बनावट

कार यस्तो प्रकारले बनाईएको छ । जहाँ कुनै आक्रमण भएमा कार पूर्ण रुपमा सुरक्षित रहने छ । कुनै बैकको लकर जस्तै यस कारमा कुनै क्षति हुने छैन । यदि कुनै खतराको संकेत मिलेमा कार आफै सिल हुने गर्दछ र ओवामा सुरक्षित रहन सक्ने छन् ।

५. कार चालक

ओवामाका ड्राइभर कुनै साधारण किसिमका ड्राइभर होइनन् । उनी सीआईए एजेन्ट समेत हुन् । जसलाई दोडको दौरान आउन सक्ने खतरा तथा परिस्थिति बारे खास ट्रनिङन दिइएको छ । कारमा आउन सक्ने मेकानिकल समस्याका बारेमा समेत ओवामाका ड्राइभर पूर्णरुपमा जानकार छन् ।

६.तेल ट्याङकी

ओवामाको गाडीमा खास किसिमले बनाइउको तेल ट्याङकिको प्रयोग गरिएको छ । जुन गोलिबाट पनि कुनै प्रभाव पर्न जादैन । तेल भर्दा खास किसिमको प्रबिधिबाट भर्ने गरिन्छ । जसमा आगोलागे पनि कार बिष्फोट भने हुदैन ।

७. प्रतिरक्षा प्रणाली

ओवामाको कारमा यस्तो किसिमको प्रबिधि तथा उपकरणहरुको प्रयोग गरिएको छ कि जस्तो सुकै परिस्थितिमा पनि ओवामा सुरक्षित हुनसक्ने छन् । उनको कारमा नाइट भिजन क्यामेरा, अश्रु ग्यास लगायतका सामाग्री सधै उनको कारमा राखिन्छन् ।त्यसै गरि यदि कुनै हमलाबाट ओवामा घाइते भएका उपचारका लागि चाहिने सामाग्रिको समेत व्यवस्था गरिएको छ । उनको कारमा अक्सिजन तथा ओवामाको व्लड ग्रुपको रगत सधै तयार अवस्थामा राखिएको हुन्छ ।

८. टायर

आक्रमणकारीले टायरलाइृ लक्षित गर्न सक्छन् भन्ने हिसावले समेत ओवामाको कारको टायरलाइृ मजवुत बनाइएको छ । जुन टायर कुनै किसिमका गोलीले क्षति नपुग्ने खालको वनाईएको छ ।साथै पन्चर लगायतका समस्या समेत उक्त टायरमा पर्दैन । यदि परेको खण्डमा पनि कुदिरहेको कारको बिना रोकाबट फ्याट रन टेक्नोलोजि अनुसार स्टील रिमको वदल्न सक्ने व्यवस्था गरिएको छ ।

९. चेसिस

जस्तो सुकै भारीको पनि सहन सक्ने चेसिको व्यवस्था ओवामाको कारमा गरिएको छ जसलाई अमेरिकन सिक्रेट सर्बिसले बीस्ट भन्ने गरेका छन् । चेसिसको निर्माण्मा सम्पूर्ण आधुनिक प्रबिधिको प्रयोग गरिैको छ । ट्रक जस्तै वजन सहन गर्न सक्ने चेसिसले जस्तो सुकै बम बिष्फोटको पनि प्रतिरक्षा गर्न सक्छ ।

१०. कारको बाहिरी बनावट

कारको बाहिरी वनाबट यस्तो किसिमको बनाइएको छ जसलाई ढुङगा देखि गोलिले पनि कुनै असर गर्दैन । जस्तो सुकै आक्रमण भएपनि त्यसले भित्र कुनै असर गर्दैन । यो कार एल्मुनियम, टाईटेनियम तथा सेरामिकको प्रयोग गरिवनाइएको छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१